back
CTIZAN AD

आज थपिए २०५ कोरोना संक्रमित, ५१ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ असार ३२ शनिवार

771 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट २०५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०९० नमुना परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २०५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८१ हजार २९४ पुगेको छ ।

त्यसैगरी आज ५१ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ९५७ रहेको छ ।

त्यस्तै कूल संक्रमित मध्ये हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

मन्त्रालयका अनुसार हाल १३८५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १३४४ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ४१, आइसीयुमा १७ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । केही दिनयता आइसीयुमा उपचार गराउनेको संख्या पनि बढेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ लाख ८२ हजार ९८९ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

वि.सं.२०७९ असार ३२ शनिवार १९:३८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...