back
CTIZAN AD

भारतमा २४ घण्टामा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित

वि.सं.२०७९ साउन १ आइतवार

894 

shares

काठमाडौँ । भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १७ हजार चार सय ४७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ८१ हजार चार सय ४१ पुगेको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार सात सय नौ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड ९८ लाख ८९ हजार ९७ मात्रा खोप लगाइएको छ । एजेन्सीबाट

वि.सं.२०७९ साउन १ आइतवार १७:१३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...