back
CTIZAN AD

बीमा कम्पनीमा अब कपि पेष्ट विजनेश नहुने अध्यक्ष सिलवालको दावी

वि.सं.२०७९ साउन २ सोमवार

681 

shares

काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब बीमा कम्पनीहरुको पोलिसीमा कपी पेस्टको अन्त्य हुने बताएका छन् ।

आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

पछिल्लो समय कम्पनीहरुले ल्याउने बीमा पोलिसीको नाम मात्रै फरक तर विशेषता एउटै रहेकोमा मर्जरपछि त्यसको अन्त्य हुनेमा अध्यक्ष सिलवाल विश्वस्त रहेका छन् ।

‘मर्जरपछि कम्पनीहरुले पोलिसीमा प्रतिस्पर्धा गर्नुपर्छ, सबैको एउटै खालको काम छैन, कपी पेस्ट गरेर बिजनेश हुँदैन, प्रविधिमैत्रीमा बढी जोड गर्नै पर्छ,’ उनले बताए । साथै, उनले मोबाइलबाटै गर्न मिल्ने खालको पोलिसी आवश्यक रहेको बताए । बीमा समितिको नीति भएपनि कम्पनीको पहल तथा कार्यान्वयन पक्षले मर्जर सम्भव भएको बीमा समितिका अध्यक्ष सिलवालले बताए । उनले यो सफलताको श्रेय कम्पनीको मर्जर कमिटीलाई दिँदै कम्पनी प्रशंसाको पात्र रहेको समेत जिकिर गरे ।

पछिल्लो समय बीमा मर्जरपछि बीमा कम्पनीको संख्या घट्दो क्रममा रहेको छ । यो अवस्थामा नेपालमा कतिवटा बीमा कम्पनीको चाहिन्छ भन्ने विषयमा बीमा समितिले बल्ल अध्ययन गर्ने अध्यक्ष सिलवालले बताए । ‘नेपालमा कति संख्यामा बीमा कम्पनी चाहिन्छ, अध्ययन गरेका छैनौं, यो वर्षभित्र गर्छौं,’ कार्यक्रममा बोल्दै उनले भने । बीमा समितिले हालसम्म कम्पनीहरुलाई मर्जरमा जान फोर्स नगरेको र गर्नै परे चैतदेखि गर्ने अध्यक्ष सिलवालले बताए । मर्जरपछि बीमा क्षेत्र तथा कम्पनीहरुमा थप विश्वसनीयता बढ्ने र बढेको पुँजीको उपयोग गर्न कम्पनीहरुलाई आग्रह गरेका छन् ।

अहिले बीमा कम्पनीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर बीमाको पहुँच बढाउन कम्पनीहरुलाई आग्रह गरेका छन् । ‘पैसा स्थानीय तहसँग छ, तिनीहरुलाई समात्नुस्,’ अध्यक्ष सिलवालले भने ।

वि.सं.२०७९ साउन २ सोमवार ०७:३१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...