काठमाडौं । नेपाली कांग्रेसले विभिन्न ११ संघसंस्थालाई शुभेच्छुक संस्थाको मान्यता दिने निर्णय गरेको छ ।
सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले ११ संघ संस्थालाई मान्यता दिने निर्णय गरेको हो ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले शुभेच्छुक संस्थाको मान्यता पाएका छन् ।
मुख्यसचिव पौडेलका अनुसार यसअघि नै पार्टीको भातृ संघको मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका र नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतान्त्रवादी आदिवासी जनजातिभित्र रहेका अन्य जातजातिहरु (थारुबाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्ने निर्णय समेत गरिएको छ । कांग्रेसले यही साउनभित्र भ्रातृ संस्था गठन तथा पूर्णता दिइसक्ने पनि बताएको छ।
वि.सं.२०७९ साउन ३ मंगलवार १५:५९ मा प्रकाशित




























