back
CTIZAN AD

नेपाली कांग्रेसद्धारा ११ संस्थालाई शुभेच्छुक संस्थाको मान्यता दिने निर्णय

वि.सं.२०७९ साउन ३ मंगलवार

765 

shares

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न ११ संघसंस्थालाई शुभेच्छुक संस्थाको मान्यता दिने निर्णय गरेको छ ।

सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले ११ संघ संस्थालाई मान्यता दिने निर्णय गरेको हो ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले शुभेच्छुक संस्थाको मान्यता पाएका छन् ।

मुख्यसचिव पौडेलका अनुसार यसअघि नै पार्टीको भातृ संघको मान्यता प्राप्त गरिसकेका नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका र नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतान्त्रवादी आदिवासी जनजातिभित्र रहेका अन्य जातजातिहरु (थारुबाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्ने निर्णय समेत गरिएको छ । कांग्रेसले यही साउनभित्र भ्रातृ संस्था गठन तथा पूर्णता दिइसक्ने पनि बताएको छ।

 

 

वि.सं.२०७९ साउन ३ मंगलवार १५:५९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...