back
CTIZAN AD

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, मेलम्चीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७९ साउन ५ बिहीवार

801 

shares

काठमाडौं । आज देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी सुदुर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी आज सिन्धुपाल्चोक मेलम्चीको नकोटे र आसपास भारी बर्षा मापन गरिएको छ ।

बाढी पूवानुमान महाशाखाका अनुसार हाल मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह १.५ मिटरले बढेकोले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने हुनाले भोलि बिहान सम्म अति उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै पछिल्लो २ घण्टा काठमाण्डौको विष्णुमती, धोवीखोला जलाधारमा भारी बर्षा मापन भएको छ । विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह २ मिटले बढेको तथा विष्णुमतीको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने हुनाले भोलि बिहान सम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

वि.सं.२०७९ साउन ५ बिहीवार ०७:२८ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...