back
CTIZAN AD

बढ्दो उमेरमा अनुहारको छाला कसिलो बनाउन गर्नुहोस् यी पाँच उपाय

वि.सं.२०७९ साउन ६ शुक्रवार

1.2K 

shares

बढ्दो उमेरमा छालालाई कसिलो बनाइ राख्नका लागि यी विभिन्न उपाय अपनाउन सकिन्छ ।

एन्टिअक्सिडेन्ट खानेकुरा खानुहोस्
बढ्दो उमेरसँगै छालालाई कडा बनाइराख्न एन्टिअक्सिडेन्ट खानेकुराको सेवन गर्नुहोस् । भिटामिन–ए, डी, ई, ओमेगा थ्री फ्याटी एसिडले भरपूर रहेका खानेकुरा खानुहोस् । यी मध्ये भिटामिन सी सबैभन्दा महत्त्वपूर्ण छ । यसले छालामा कोलाजनको मात्रा बढाउँछ र छाला खुकुलो हुने समस्याबाट बचाउँछ । अम्वा, सुन्तला, अकबरे खुर्सानी, हरियो डल्ले खुर्सानी, जुनार,गोलभेडा, स्ट्रोबेरी लगायतका फलफूलमा प्रसस्त मात्रामा भिटामीन सी पाइन्छ ।

तनाव कम गर्नुहोस्
अत्यधिक तनावले कपाल झर्ने मात्र होइन छालामा पनि असर पर्छ । यसकारण पनि तनाव लिनबाट जोगिनुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुहोस् । तनाव कम गर्न ध्यान र योग पनि गर्नुहोस् ।

स्क्रबिङ पनि गर्नुहोस
हप्तामा एक पटक अवस्य छाला स्क्रबिङ गर्नुहोस् । यसका लागि चिनी र जैतूनको तेल प्रयोग गर्न सकिन्छ । स्क्रबिङ पछि छालालाई हाइड्रेटेड राख्नको लागि एलोवेरा जेलको प्रयोग पनि महत्त्वपूर्ण मानिन्छ ।

मसाज गर्नुहोस्
बढ्दो उमेरसँगै छाला खुकुलो हुन थाल्छ । त्यसैले अनुहारको मसाज गर्नु प्रभावकारी उपाय हो । यसले छालालाई टाइट र हाइड्रेटेड पनि राख्छ । अनुहारको मसाजका लागि नरिवलदेखि जैतुनको तेल प्रयोग गर्न सक्नुहुन्छ ।

प्रयाप्त सुत्नुहोस्
छालालाई कसिलो बनाउनका लागि तथा अनुहारमा ग्लो कायम राख्नको लागि राम्रो डाइटसँगै पर्याप्त निद्रा पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले राती कम्तिमा ७–८ घण्टा सुत्नुहोस् ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १६:३० मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...