back
CTIZAN AD

नागरिकता विधेयक माथि छलफल जारी

वि.सं.२०७९ साउन ६ शुक्रवार

741 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथि छलफल जारी छ । सो विधेयकमाथिको छलफललाई सदनभित्र र बाहिर चासोका साथ हेरिएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले दफाबार छलफलका लागि प्रस्तुत गरेका छन् प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो ।

नागरिकताको अधिकार, राष्ट्र, राष्ट्रियता राष्ट्रिय स्वाधीनतासँग सो विधेयक छिटो पारित गर्न सबै दल सहमत देखिए पनि त्यसभित्रका कतिपय व्यवस्थामा बहस भइरहेको छ । संविधानअनुसार नागरिक विधेयक पहिलोपटक पारित हुने बिन्दुमा पुग्नु सकारात्मक भए पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने बित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग आएको छ ।

नागरितासम्बन्धी कानुनको अभावमा नागरिकताविहीन बनेका युवाका लागि यो विधेयक अत्यावश्यक भएको तर नागरिकमाथि समानताको हक कायम गर्न विधेयकमा संशोधन आवश्यक भएको सांसदले औँल्याएका छन् ।

बैठकमा डा भीमबहादुर रावल, कृष्ण राई, सुजिता शाक्य, शेरबहादुर तामाङ, गणेश पहाडी, लालबाबु पण्डित, वीनाकुमारी श्रेष्ठ, झपट रावल, सरिता न्यौपाने, रामकुमारी झाँक्री, वृजेशकुमार गुप्तालगायतले संशोधनसहित छलफलमा भाग लिएका छन् ।

 

वि.सं.२०७९ साउन ६ शुक्रवार १६:३२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...