काठमाडौं । गत वर्षमा मात्र ८२ वटा कम्पनी कालो सुचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार एक वर्षमा ८२ कम्पनी कालो सुचीमा परेका हुन् ।
कालाे सूचीमा पर्ने कम्पनीहरु मध्ये ६६ वटा निर्माण कम्पनी छन् । तीमध्ये ६ वटा कम्पनी सस्पेन्डमा परेका छन् ।
त्यसैगरी, आपुर्ति तर्फ १५ वटा कम्पनी कालो सुचीमा परेका छन् । जसमध्ये एउटा कम्पनी सस्पेन्डमा परेकाे छ । साथै अन्य एक कम्पनी पनि कालो सुचीमा परेकाे छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६घ को उपदफा (१) बमोजिम निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने बताइएको छ ।
हेर्नुहोस् कुन-कुन कम्पनी पर्यो , कालो सुचीमा ?
वि.सं.२०७९ साउन ६ शुक्रवार १६:४५ मा प्रकाशित






























