back
CTIZAN AD

तनहुँका १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा

वि.सं.२०७९ साउन ६ शुक्रवार

735 

shares

दमौली । तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो ।

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्का समयमा जिल्लामा पर्नसक्ने बाढीपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीकालागि कार्ययोजना बनाइएको जानकारी दिए ।

योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

“जोखिम न्यूनीकरण र विपद् प्रतिकार्यबीच पारस्परिक सम्बन्ध हुन्छ, जोखिमलाई जति न्यूनीकरण गर्न सकियो उति नै जनधनको क्षतिमा कमी भइ विपद् प्रतिकार्य सरल र सहज हुन सक्छ”, प्रजिअ अर्यालले भने ।

जिल्लाका स्थानीय सरकारलाई स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरिएको उनले बताए । विपद् आउनुपूर्व नै आवश्यक स्रोतसाधनको व्यवस्थासहित तयारी हालतमा बस्न र विपद्का समयमा खोज तथा उद्धार गरी आपत्कालीन राहत सहयोग एवं सुरक्षा प्रदान गर्न प्रतिकार्य योजना दस्तावेजका रुपमा रहेको प्रजिअ अर्यालले बताए ।

“प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गरी जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी आपत्कालीनअवस्थाका पीडितको आवश्यकतालाई समयमै प्रभावकारीरुपले पूरा गर्ने सुनिश्चितता हुनु नै योजनाको समष्टिगत उद्देश्य हो”, उनले भने ।

व्यास नगरपालिकाको वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का ६२ टोल बस्ती पहिराको जोखिममा छन् । यस्तै वडा नं १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती बाढीको जोखिममा छ ।
भानु नगरपालिका–४, ५, ६ र ७ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, २, ५, ६, ७, ११, १२ र १३ बाढीको जोखिममा छन् । भिमाद नगरपालिका– ३, ५, ७, ८ र ९ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ र २ बाढीको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–१, १०, ११ र १२ का बस्ती पहिराको जोखिममा छन् भने वडा नं ४ र ५ का बस्ती बाढीको जोखिममा छन् । देवघाट गाउँपालिका– १ को तीन वटा बस्ती, २, ३ र ४ का सम्पूर्ण क्षेत्र र वडा नं ५ को दुई वटा बस्ती पहिराको जोखिममा छन् भने वडा नं १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छन् ।

बन्दीपुर गाउँपालिका– १, २, ४ र ५ का १० वटा बस्ती पहिराको जोखिममा छन् भने वडा नं ६ को सामीकोट क्षेत्र बाढीको जोखिममा छ । घिरिङ गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का १० वटा बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ को कालीगण्डकी, मैदीखोला र सिरिङदीखोला किनारका बस्ती बाढीको जोखिममा छन् ।
ऋषिङ गाउँपालिका– १, २, ३, ६, ७, ८ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी बाढीको जोखिममा छन् । आँबुखैरेनी गाउँपालिका– ४, ५ र ६ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं २, ४, ५ र ६ का बस्ती बाढीको जोखिममा छन् । म्याग्दे गाउँपालिकाका वडा नं १ देखि ७ सम्मका वडा पहिराको जोखिममा छन् भने वडा नं ३ ६ को अकला क्षेत्र बाढीको जोखिममा छन् ।

“मनसुनका समयमा हुनसक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायत कार्य गर्न कार्ययोजना बनाएर अगाडी बढेका छौ”, प्रजिअ अर्यालले भने “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ ।”

यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकाय अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुनसक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहनेछन् ।

विपद्को समयमा खोज तथा उद्धार एवं आपत्कालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट सेना, जिल्ला प्रहरी कार्यालय तनहुँबाट २५ प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त ५५सुरक्षाकर्मी तयार गरिएको छ ।

विपद्का समयमा खोज तथा उद्धार, सुरक्षित स्थानान्तरण एवं आपत्कालीन राहत सहयोगका लागि विभिन्न सङ्घसंस्थाबाट भौतिक स्रोतसाधन पनि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट सेफ्टी हेलमेट, रेस्क्यु भेष्ट, लाइफ ज्याकेट, सावेल, मेटल बकेटलगायत सामग्रीको व्यवस्था गरिएको छ भने नेपाली सेना कालीभञ्जन गण (इ) बाट ट्युव, लाइफज्याकेट, कोदालो, गैँची, बञ्चरोलगायत आवश्यक सामग्रीको व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट स्टेचर, लाइफ ज्याकेट, बञ्चरो, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणबाट फलामको गल, सावेल, स्टेचर, नेपाल रेडक्रस सोसाइटीबाट गैर खाद्य सामग्रीको व्यवस्था गरिएको छ । रासस

 

वि.सं.२०७९ साउन ६ शुक्रवार १७:०८ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...