back
CTIZAN AD

माओवादीकै पहलमा नागरिकता उपलब्ध हुन्छ : अध्यक्ष प्रचण्ड

वि.सं.२०७९ साउन ६ शुक्रवार

720 

shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे ।

देशमा माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्दै प्रचण्डले आगामी निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने बताए ।

अध्यक्ष दाहालले परिवर्तन र जनताको परिवर्तनको पक्षमा माओवादीले गरेको योगदानलाई पुनः स्थापित गरेरै छाडिने विश्वास व्यक्त गरे । उनले नवप्रवेशीलाई उचित जिम्मेवारी दिन आफूले कुनै कसर बाँकी नराख्ने दृढता प्रस्तुत गरे । उनले पर्सामा कमजोर रहेको माओवादीलाई आजको पार्टी प्रवेशले सबल बनाउने विश्वास व्यक्त गरे । उनले मधेसमा नै माओवादीले जनयुद्धको समयमा ठूलो बलिदान गरेको स्मरण गरे ।

अध्यक्ष दाहालले आजको पार्टी प्रवेशले नयाँ उत्साह थप्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरू टेकबहादुर शाक्य, सलाउनि अहमद, कृष्णमोहनप्रसाद यादवलगायत दुई दर्जन नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेको थिए । नवप्रवेशीलाई अध्यक्ष दाहाललगायत नेताहरूले स्वागत गरेका थिए ।

 

वि.सं.२०७९ साउन ६ शुक्रवार २०:४९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...