back
CTIZAN AD

कोरोनाबाट थप दुईजनाको मृत्यु, ३४७ जनामा संक्रमित

वि.सं.२०७९ साउन ८ आइतवार

732 

shares

काठमाडौँ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आइसीयुमा उपचाररत २ जनाको मृत्यु भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको तीन हजार ८८८ नमूना परीक्षणमा ३४७ जना संक्रमित भएसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८३ हजार ६२२ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार सोहि अवधिमा ९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ४८९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७८ हजार २२८ मात्रा कोभिडविरुद्धको खोप लगाइएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ रहेको छ । ती मध्ये होम आइसोलेशनमा तीन हजार ३५, संस्थागत आइसोलेशनमा १४२, आईसीयू २२ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ ।
हाल ५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा ललितपुर र मोरङ रहेका छन् ।

शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला, बाजुरा र डढेलधुरा छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७६३, ललितपुर ३१३ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ४०९ दशमलव पाँच रहेको छ ।

आज २९९६ नमुना परीक्षणमा थपिए ३३५ कोरोना संक्रमित

वि.सं.२०७९ साउन ८ आइतवार २०:३० मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...