इस्तानबुल, टर्कीे । टर्कीले जबरजस्ती देश निकाला गरेपछि २१५ कागजातविहीन अवैध अफगान आप्रवासीहरूलाई आज इस्तानबुलबाट काबुल पठाइँदै छ ।
अवैध आप्रवासीहरूलाई भरखरै उत्तरपश्चिम टर्कीको इडिर्नबाट इस्तानबुलमा सारिएको थियो । खामा प्रेसले टर्कीको राज्य–सञ्चालित एनाटोलियन एजेन्सीलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ ।
टर्की माइग्रेसन म्यानेजमेन्ट डाइरेक्टरेटको प्रतिवेदनअनुसार सन् २०२२ को सुरुदेखि टर्कीका अधिकारीहरूले लगभग २८,००० कागजातविहीन आप्रवासीहरूलाई टर्कीबाट निर्वासित गरेका छन् । यो आँकडामा यस्ता घटना सन् २०२१ देखि ७० प्रतिशतले वृद्धि भएको देखाउँ छ ।
टर्की गृह मन्त्रालयका अनुसार जनवरी २७ बाट अफगानिस्तानका लागि उडान सुरु भएदेखि टर्कीले १८,२५६ भन्दा बढी अफगान नागरिकलाई अफगानिस्तान पठाएको छ ।
अनियमित आप्रवासीहरूले गैरकानुनी रूपमा देशमा प्रवेश गरेको, भिसा र रेसिडेन्सी कानुन तोडेको, अनुमतिबिना काम गरेको, विभिन्न किसिमका ठगीका घटनामा संलग्न रहेको र सार्वजनिक सुरक्षालाई खतरामा पारेको आप्रवासन व्यवस्थापन निर्देशनालयले एक विज्ञप्तिमार्फत जनाएको छ । (रासस/एएनआई) file hoto
वि.सं.२०७९ साउन १० मंगलवार ०७:५९ मा प्रकाशित





























