back
CTIZAN AD

वडा अध्यक्षकै संलग्नतामा कानुन विपरित नदिजन्य बस्तुको उत्खनन भएको स्थानीयको गुनासो !

वि.सं.२०७९ साउन ११ बुधवार

939 

shares

उदयपुर । गत साउन ४ गतेदेखि उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.९ भई बग्ने भडौल खोलाबाट नदिजन्य पदार्थको उत्खनन् भएको स्थानीयले बताएका छन् ।

चारवटा ट्याक्टर र दुईवटा जेसिविको सहयोगमा धमाधम उत्खनन् भैरहेको स्थानियले बताएका छन् । सो कार्यमा वडाध्यक्ष प्रकाश राउत, देउराली सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष सोमन चौधरी र स्थानीय बेनु कार्कीसहितको प्रत्यक्ष सहभागितामा सो कार्य भैरहेको बताइएको छ ।

कानुन अनुसार असार, साउन र भदौ महिनामा योजना तथा निर्माण कार्यको लागि खोला तथा वनबाट नदिजन्य पदार्थ उत्खनन् गर्न पाईदैन । यस्तो कानुन हुँदाहुँदै पनि सम्बन्धित निकायमा स्थानीयले खबरदारी गर्दा पनि कहि कतैबाट सुनुवाइ नभएको स्थानीयको गुनासो छ । तर यस सम्बन्धमा नगरपालिकालाई केहि थाहा नभएको नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदारले बताए ।

नगरपलिकाका प्रवक्तासमेत रहेका राउतले आरोपकाे खणडन गर्दै जिल्ला सिचाई कार्यालयबाट २५ लाख बजेट छुट्याएर सो बाँध बाध्ने कार्य भएको बताएका छन् । उनले नगरपालिकाले समेत २ लाख बजेट दिएको बताए । उनले बाँध भत्किएर गाउँ पसे पछि कानुनी पक्ष नहेरी तत्काल बस्ती जोगोउनका लागि बाँध बाध्ने कार्य भएको बताए । उनले सो बाँध बाध्ने कार्यका लागि स्वयम् नगर प्रमुख कालुमान लामाले लिखित अनुमति दिएको बताए ।

वि.सं.२०७९ साउन ११ बुधवार १७:०४ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...