back
CTIZAN AD

मिस नेपाल नर्थ अमेरिकामा शिवालिका भण्डारीको सम्भावना

वि.सं.२०७९ साउन ११ बुधवार

2.5K 

shares

मिस नेपाल नर्थ अमेरिका २०२२ मा शिवालिका भण्डारी (Shivalika Bhandari) को सम्भावना बढेको छ । मिस नेपाल नर्थ अमेरिका प्रतियोगिताका लागि भएको अनलाइन भोटिङका क्रममा भण्डारीको सम्भावना बढेको हो ।

सो प्रतियोगिताका लागि अनलाइन भोटिङ सुरु भैसकेकोे छ । उक्त प्रतियोगिताका लागि १४ प्रतियोगिहरु फाइनलिस्टमा छानिएका छन् । अगष्ट ६ मा न्यूयोर्कमा हुने सो प्रतियोगितामा १४ जना मध्येबाट १० जनाले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्षबाट विजेताले ग्रान्ड फिनालेमा शीर्ष १० प्रतियोगीहरूको रूपमा प्रत्यक्ष प्रवेश पाउन योग्य हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष ग्रान्ड फिनाले राति अघि अनलाइन भोटिंग खण्डहरू हुने बताइको छ । आयोजकले मिस पपुलर २०२२ का लागि आफ्नो मनपर्ने प्रतियोगी छनोट गर्न आग्रह गरेको छ ।

प्रतिस्पर्धीमा बिजेताको उम्मेदवारको रुपमा देखिएकी छन्, शिवालिका भण्डारी । प्रतिस्पर्धी नम्बर १० मा रहेकी उनी सुन्दर र बौद्धिक प्रतिस्पर्धी हुन् । भोटका आधारमा उनी अहिले दोस्रो स्थानमा रहेकी छन् । उनलाई जिताउन https://vote.missnepalnorthamericapageant.com/ मा गएर भोट गर्न सकिन्छ । तपाईहरुको एक भोट पनि उनका लागि अमूल्य हुन्छ ।

यसवर्षको सबैभन्दा ठूलो कार्यक्रम मिस नेपाल नर्थ अमेरिका २०२२ को फाइनल प्रतियोगितामा सहभागी भै मनोरञ्जन लिन र सहयोग गरिदिनुहुन आयोजक संस्थाले सबैमा अनुरोध गरेको छ ।

को हुन् प्रतियोगी नम्बर १० भण्डारी ?
शिवालिका भण्डारी अध्ययनको सिलसिलामा अमेरिका पुगेकी हुन् । काठमाडौँको सुकेधारास्थित साइपाल स्कुलबाट स्कुल तहको अध्ययन पुरा गरेकी उनी सानै देखि महत्वाकांक्षी युवती हुन् ।

राम्रो अवसरहरूको खोजीमा उनले आफ्नो अमेरिकाको यात्रा सुरु गरेकी हुन् । मोडलिङ क्षेत्रलाई नै सपना बनाएकी भण्डारीले आफू बिजेता बन्न सके सक्दो राम्रो काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनी भन्छिन् ‘मलाई अहिलेसम्म साथ दिनुहुने आदरणीय सबैजना, म तपाईंहरूप्रति आभारी छु । यो अपार मायाले मलाई साँच्चै जारी राखेको छ । म बाचा गर्छु कि म सक्दो राम्रो काम गर्नेछु ।’

आफूलाई अमूल्य मत दिएर जिताउन अनुरोध गर्दै उनले भनेकी छन् ‘म हुँ, शिवालिका ! म यहाँ घोषणा गर्दछु कि म मिस नेपाल नर्थ अमेरिका, २०२२ मा सहभागी भएकी छु । मेरो जीवनको अर्काे यात्राको हिस्सा हुन पाउँदा म खुशी छु । मेरो यो नयाँ यात्रामा तपाईहरुको माया र साथ पाउने आशा गर्दछु ।’

वि.सं.२०७९ साउन ११ बुधवार २०:२१ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...