back
CTIZAN AD

प्रधानसेनापति किन गए इण्डो–प्यासिफिक सम्मेलनमा ?

वि.सं.२०७९ साउन ११ बुधवार

903 

shares

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभूराम शर्माको अमेरिकाको इन्डो-प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलनमा सहभागी भएको विषयमा जानकारी गराउन निर्देशन गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्ट्रेलियाको सिड्नीमा भएको सम्मेलनबारे जानकारी गराउन माग निर्देशन गरेको हो ।

“प्रधानसेनापति आइपीएसको सम्मेलनमा सहभागी हुन अस्ट्रेलिया जानुभएको भन्ने छ तर हामीले आधिकारिकरुपमा जानकारी पाएका छैनौं, यस विषयमा जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छौं”, समिति सभापति पवित्रा निरौला खरेलले भनेकी छिन् ।

सोमबारबाट अष्ट्रेलियाको सिड्नीमा सुरु भएको सम्मेलनमा नेपालसहित २६ देशका सैनिक अधिकारीहरुको सहभागिता रहेको छ । अस्ट्रेलियन डिफेन्स फोर्सका जनरल एगनस जे क्याम्पबेल सार्वजनिक गरेको तस्बिरमा प्रधानसेनापति शर्मालाई देख्न सकिन्छ ।

यस्तै बैठकले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । एसपीपीका विषयमा विभिन्न निर्देशनहरु दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकमा समितिका सदस्य माधवकुमार नेपालले एसपीपीमा नेपाल सहभागी नहुने सरकारको निर्णयबाट फिर्ता हुने अवस्था नरहेको भन्दै सरकारको पत्र अमेरिकालाई पठाउन ढिलाइ भएको बताए । त्यस्तै, समिति सदस्य प्रकाशमान सिंहले यस बिषयमा सवै कागजात मगाएर नै आवश्यक अध्ययन गर्नुपर्ने धारणा राखे । बैठकमा समितिका सदस्य ईश्वर पोखरेलले समितिले मागेको कागजात नपठाएर शंकाको घेरा उत्पन्न भएको तर्क गरे ।

वि.सं.२०७९ साउन ११ बुधवार १८:३० मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...