back
CTIZAN AD

माछापुच्छ्रे बैंकद्धारा बीमीतलाई रु.७ लाख हस्तान्तरण

वि.सं.२०७९ साउन ११ बुधवार

726 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्घटना बीमावापत आफ्ना ग्राहकलाई रु.७ लाख बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको हो ।

बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत रु.७ लाख रकम भुक्तानी गरेको जनाएकाे छ । बैंकका अनुसार चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।

बैंकले यसअघि पनि बिभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ । बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई रु.७ लाख सम्मको दुर्घटना बीमा, रु.१ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, रु. ४० हजारसम्मको अस्पताल भर्ना खर्च र रु.१० हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब १६ करोड

वि.सं.२०७९ साउन ११ बुधवार १७:४३ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...