back
CTIZAN AD

माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब १६ करोड

वि.सं.२०७९ साउन ८ आइतवार

915 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ भएको छ । बैंकको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफा ३४.३४ प्रतिशतले बढेको हो ।

बैंकको अघिल्लो आर्थिक वर्षको नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ०७ पैसा पुगेको छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड ३१ लाख रुपैयाँ छ । बैंकको वित्तीय विवरणअनुसार बैंकको सेयरधनी सञ्चित कोषमा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब ३१ अर्ब ६१ करोड ८० लाखबाट १० दशमलव १९ प्रतिशतले वृद्धि भई एक खर्ब ४५ अर्ब २ करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी एक खर्ब १३ अर्ब ५७ करोड २० बाट १३.०४ प्रतिशतले बढेर एक खर्ब २८ अर्ब ५६ करोड २३ लाख रुपैयाँ पुगेको देखिएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ६७ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७ करोड ७० लाख पुगेको छ । बैंकको निष्क्रिय कर्जा ०.६२ प्रतिशतबाट बढेर ०.८४ प्रतिशत पुगेको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार १४:०३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...