back
CTIZAN AD

एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन १२ बिहीवार

771 

shares

काठमाडौं । एभरेष्ट बैंकको आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ७७ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ५४ करोड पुगेको हो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासिक विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप ७.८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.९३ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.२४ प्रतिशत रहेको छ ।

९ अर्ब ४६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १३ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १२ बिहीवार १५:१० मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...