back
CTIZAN AD

स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न

वि.सं.२०७९ साउन १४ शनिवार

813 

shares

काठमाडौं । स्वदेश फाउण्डेशन नेपालको आयोजनामा स्व. स्वदेश सेढाईको तेस्रो स्मृति सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा २०७९ साउन १३ गते शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रियनाचघर) जमलमा कार्यक्रम सम्पन्न भएको हो ।

नबिना सिटौलाको संचालन र संस्थाकी अध्यक्ष गंगा देवी उप्रेतीको सभापतित्वमा आयोजीत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष तथा नेपाल फिल्म क्याम्पसका प्रिन्सीपल शिशीर उप्रेतीको स्वागत मन्तव्य रहेको थियो । स्व.सेढाईकोे स्मृतिमा १ मिनेट मौनधारण सहित तस्विरमा माल्यार्पण तथा दीप प्रज्वलनबाट शुरु भएको कार्यक्रममा किशोर सेढाई तथा राजु अग्रवाल (बरिष्ठ तबला बादक , रेडियो नेपाल, सङ्गीतकार जीवन राईको गितार सहीतको धुनबाट गायत्रीमन्त्रको नेपालीमा सारगायन भएको थियो ।

No description available.
कार्यक्रममा फाउण्डेशनको निर्माणमा स्वर्गीय सेढाईका बुवा किशोर सेढाईको कथा र निर्देशन, रघु मैनालीको स्कीप्ट, संगम महतको न्यारेशन र लक्ष्मण अधिकारीको सम्पादन रहेको स्व.सेढाईको जीवनीमा आधारित बृत्तचित्र बिशिष्ट अतिथी तथा नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सार्वजनिक गरेका थिए । साथै स्व. सेढाईको सम्झनामा अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठानको प्रस्तुतिमा सामुहिक तबला सोलो बादनको प्रस्तुती रहेको थियो जसमा भण्डारीसहित पर्शुराम भण्डारीले सारङ्गी, डा. अञ्जु उप्रेतीले सितार, डा. निरञ्जन भण्डारीले बाँसुरी र तबलामा सिता भण्डारी, सुमन खत्री, ऋषि रिजाल, सुजल राजथला, अध्याय भण्डारीको प्रस्तुति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि उप्रेतीबाट कृष्ण भजनको बिमोचन भएको थियो । भजनको शब्द तथा सङ्गीत किशोर सेढाई, सङ्गीत संयोजन जीवन राई, गायन किशोर सेढाई र शिला बिष्ट तथा कोरस मधु के.सी र लिला स्याङ्तानको रहेको थियो । भजनको निर्माण दिब्य दर्शन अन्तराष्ट्रिय टेलिभिजन, निर्देशन मणि पाण्डे र सम्पादन सगुन सिग्देलको रहेको थियो ।
No description available.
कार्यक्रममा ९४ वर्षीय जेष्ठ समाजसेवी कीर्तन कृष्ण भट्टराई, बरिष्ठ तबला बादक पण्डित अच्युतराम भण्डारी र मणि पाण्डे प्रबन्ध निर्देशक, दिब्य दर्शन अन्तराष्ट्रिय टेलिभिजनलाई सम्मान गरीएको थियो भने समाजका बिभिन्न क्षेत्रमा क्रियाशिल पाश्र्व गायिका शीला बिष्ट, पाश्र्व गायिका सुजाता वर्मा, गायिकाद्धय मधु के.सी, लीला शानताङ्ग, तबला बादक राजु अग्रवाल, दिब्य दर्शन अन्तराष्ट्रिय टेलिभिजनकी सम्पादक सगुन सिग्देल, कलश किएसनका निर्देशक लक्ष्मण अधिकारी, पत्रकार चन्द्रिका राना थापा, आइटीविज्ञ रोशन पाण्डे, साउण्ड इन्जिनियर भोला पौडेल, साउण्ड इन्जिनियर अनुपम शर्मा, कलाकार ,कवि उमेश सिटौलालगायतलाई मायाँको चिनो प्रदान गरीएको थियो ।

डा. त्रिलोचन उप्रेती (पुर्व सचिव, नेपाल सरकार, तथा ब्रम्हकुमार श्री रामसिंह एैर (बह्मकुमारी राजयोग सेवा केन्द्र, काठमाडौं, टीपीओका क्लीनिकल कोअरडिनेटर भरत गौतम , डा. प्रमोदगौतम, महासचिव, आरोग्य आश्रम, बिशालनगर, रामहरि शर्मा , पूर्व प्रबक्ता तथा निर्देशक, नेपाल बायु सेवा निगम, बह्मकुमार किशोर मल्ललगायतको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा ऐक्यबद्धता प्रकाशनका अध्यक्ष नीलकण्ठ तिवारी, सैनिक आवासिय महाविद्यालयका शिक्षक प्रल्हाद कुमार मल्ल ठकुरी, ब्रम्हकुमार रामसिंह एैर, दिपेन्द्र सेढाई लगायतबाट स्व.सेढाईको स्मरण गर्दै फाउन्डेशनको उत्तरोत्तर प्रगतिको कामना गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप्रेतीले स्वर्गीय सेढाइको नाममा खोलिएको यस संस्थाद्धारा आगामी दिनमा भावी युवा पुस्तालाई मानसिक रोगबाट कसरी मुक्त रहि कसरी स्वच्छ जीवन जिउन सकिन्छ भन्ने मार्ग दर्शन गर्ने आशा व्यक्त गरेका थिए ।

No description available.

यसैगरी कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष उप्रतीले देशका भावी पुस्तालाई उच्च शिक्षा अध्ययन गर्न विदेश जानु अघि नेपाल सरकारले पनि राम्रो निगरानी गरेर मात्रै विदेश पठाउनु पर्नेमा जोड दिइन् ।
स्व.सेढाईको सन् २०१९ को जुलाई १२मा स्वघातका कारण अष्ट्रेलियाको सिड्नीमा निधन भएको थियो । उनी अष्ट्रेलियाको सिड्नीस्थित युटिएस विश्वविद्यालयमा कम्पुटर विज्ञानमा अनर्ससहित स्नातक गर्दै थिए ।

 

 

वि.सं.२०७९ साउन १४ शनिवार १२:०६ मा प्रकाशित

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...