back
CTIZAN AD

विगतका समझदारी पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने  – अध्यक्ष ठाकुर

वि.सं.२०७३ चैत १२ शनिवार

729 

shares

१२ चैत,विराटनगर  । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा प्रस्तावित सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान रहेको बताउँदै सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यस्तो निर्वाचन मान्य नहुने धारणा व्यक्त गर्नुभयो ।

वार्ताको पक्षमा मोर्चा सदैव तत्पर छ, उहाँले भन्नुभयो — ‘सिके राउतको एजेन्डा मोर्चाको एजेन्डा भन्दा बिल्कुलै फरक छ ।’

अध्यक्ष ठाकुरले जनसङ्ख्याको सिद्धान्त विपरीत पुनःसंरचना आयोगले स्थानीय तहको संरचना निर्माण गरेको उल्लेख गर्दै “५१ प्रतिशत जनसङ्ख्या भएको मधेसमा मात्र ३५ प्रतिशत र ४९ प्रतिशत जनसङ्ख्या भएको हिमाल, पहाडका लागि ६५ प्रतिशत भाग छुट्याएका संरचनाको तह मान्य हुने छैन भन्नुभयो ।”

सङ्घीयतामा केन्द्र र प्रदेश दुई तह हुनुपर्नेमा नेपालमा स्थानीय तहसमेत गरी तीन तह गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘प्रदेशको माहतहमा स्थानीय तह राखेर दुई तह बनाउनुपर्ने मोर्चाको माग छ ।’

अध्यक्ष ठाकुरले स्थानीय तह पुनःसंरचना आयोगले विवादित संरचना बनाएको र पूर्णता नपाएको अवस्थामा निर्वाचनको घोषणा गर्नु गलत भएको स्पष्ट पार्नुभयो ।

दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उहाँले संसद्देखि सडकसम्म यसको विरोध गर्ने जानकारी गराउनुभयो । रासस

वि.सं.२०७३ चैत १२ शनिवार ०९:५९ मा प्रकाशित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...