back
CTIZAN AD

नेपाल विश्व सम्बन्ध परिषद्को अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७३ चैत १२ शनिवार

843 

shares

१२ चैत, काठमाडौं । नेपाल विश्व सम्बन्ध परिषद्को नवनिर्वाचित कार्यसमितिले शुक्रबार परिषद्को हल ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष हेमन्त खरेलको सभापतित्व रहेको उक्त अन्तरक्रियामा महासचिव असिम थापाको स्वागत मन्तव्य रहेको थियो ।
परिषद्का विभिन्न क्षेत्रका विज्ञ सदस्यहरुले परिषद्ले गर्ने आगामि कार्यक्रमको बारेमा सल्लाह र सुझाव प्राप्त भएको थियो । उक्त कार्यक्रममा उपस्थित सदस्यहरुलाई निम्न तीन पक्षमा रहेर सुझवा राख्न अध्यक्षले आग्रह गर्नु भएको थियो ।
१।कार्यक्रम
२। वित्तिय पक्ष,
३। व्यवस्थापन र प्रशासन,
सदस्यहरुले व्यक्त गर्नु भएको सल्लाह सुझावलाई कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाइएको थियो ।
वि।सं। २००४ सालमा विजय शमशेर जवराले स्थापना गर्नुभएको परिषद्को कार्यक्षेत्र र उद्देश्य गरिमा अनुसार नेपालको परराष्ट्रनीतिको सन्दर्भ अध्ययन अनुशन्धान गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
आवश्यक परे सरकारलाई उचित सल्लाह र सुझाव उपलब्ध गराउने पनि प्रतिवद्धता पनि जनाउनु भयो । ७० वर्षको इतिहास वोकेको परिषद्का विभिन्न क्षेत्रका विभिन्न विशेषज्ञ रहेको परिषद्मा हाल ४ सय भन्दा बढी सदस्य रहेका छन् । कार्यक्रमा परिषद्लाई प्रभावकारी थिङक ट्याङ्कको रुपमा अगाडि बढाउनु पर्ने अवधारणा प्राप्त भएको थियो । परिषद्का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सम्पूर्ण सदस्यहरुकै सल्लाह अनुसार अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष हेमन्त खरेलले जाहेर गर्नु भएको थियो साथै सदस्यको सल्लाह र सुझावको आधारमा नै काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा धारणा व्यक्तगर्ने सन्दर्भमा परिाषदका सदस्यज्यूहरुले परिषद् काठमाण्डौमा मात्र केन्द्रित नभई देशभर नै विस्तार गरी राष्ट्र र राष्ट्रियताको सन्दर्भमा जनचेतना फैलाउनुपर्ने र आन्तरिक स्थायीत्व प्रति सचेत गराउनुपर्ने अभिव्यक्ति प्रकट भएको थियो ।
परिषद्ले सरकारलाई नेपालको विदेश नीतिको सन्दर्भमा अझ गहन अध्ययन अनुशन्धान गरी सल्लाह र सुझाव उपलब्ध गराउने महासचिव असिम थापाले प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष, पूर्वमन्त्री तथा प्रसाशक, राष्ट्रसेवक, सभासद, समाजसेवी, सञ्चारकर्मी लगायत दर्जनौंको संख्यामा उपस्थिति रहेको थियो ।

वि.सं.२०७३ चैत १२ शनिवार १०:०६ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...