back
CTIZAN AD

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए

वि.सं.२०७९ साउन १६ सोमवार

708 

shares

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका २ पदमसालमा बस्दै आएका गोरखाका दिनेश पाण्डेको परिवार मृत फेला परेको प्रहरीले जनाएको छ ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार पाण्डे, उनकी श्रीमती सुनीता काप्री, ११ वर्षीय छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् ।

‘सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ मेयर मर्हजनले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

गोरखाबाट काठमाडौं बसाइ सरेका उनीहरु त्यहि एक तले घर बनाएर बसेका थिए । आइतबार बिहान स्कुल जानेबेलासम्म नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोरेर हेर्दा उनीहरु चरैजनाको शब फेला परेको थियो ।
उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १४:१० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...