back
CTIZAN AD

ऋणपत्र निष्काशन गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

वि.सं.२०७९ साउन १६ सोमवार

825 

shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

महालक्ष्मी र एन आई सी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता आज (सोमबार) सम्पन्न भएको हो । बैंकले प्रति ऋणपत्र रु.१००० अंकित मूल्य दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।

उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवर बाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको जनाएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १३:५१ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...