back
CTIZAN AD

स्पेन र ब्राजिल पछि मंकीपक्सबाट भारतमा पनि एक जनाले गुमाए ज्यान

वि.सं.२०७९ साउन १७ मंगलवार

753 

shares

काठमाडाैं । भारतले दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले ती व्यक्तिले सुरुमा विदेशमा परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको बताइन । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जले जानकारी दिइन् ।

मंकीपक्सका कारण अफ्रिकाबाहेक यो चौथो मृत्यु हो । यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मंकीपक्सका कारण मृत्यु भएको थियो ।

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो विमिरा आएका थिए । एजेन्सी

सम्बन्धित समाचार

अमेरिकामा मंकीपक्सकाे आतंक : तेस्रो राज्यमा पनि घाेषणा भयाे आपत्काल

 

वि.सं.२०७९ साउन १७ मंगलवार १२:१३ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...