back
CTIZAN AD

जनार्दन फर्केसँगै अर्थका सचिव र सह–सचिवहरुले मागे सरुवा

वि.सं.२०७९ साउन १७ मंगलवार

705 

shares

काठमाडौं । संसदीय समितिले सफाई दिएसँगै जनार्दन शर्मा पुनः अर्थमन्त्रीको रुपमा फर्किएका छन् । उनी राजीनामा दिएको २५ दिनपछि अर्थको जिम्मेवारीमा पुनः आएका हुन् । शर्मा फर्किएसँगै भने तत्कालिन प्रकरणमा मुछिएका र चर्चामा रहेका सचिव तथा सह–सचिवहरुले मन्त्रालय छाड्न सरुवा मागेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थसचिव मधु मरासिनीले अर्थ छाड्न मुख्यसचिवसँग आग्रह गरिसकेका छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने तयारी भएको बुझिएको छ ।

शर्माले अर्थमन्त्रीबाट राजीनामा नदिएसम्म मन्त्रालय नफर्कने सर्त राखेर बिदामा बसेका मरासिनी शर्माले राजीनामा दिएसँगै २३ असारमा मन्त्रालयमा हाजिर भएका थिए । तर, शर्माको पछिल्लो नियुक्ती पछि उनी पुनः विदा लिएर पोखरा गएका छन् । शर्माको स्वागत कार्यक्रम छल्नलाई उनले यस्तो गरेका हुन् ।

मरासिनीसँगै अर्थमन्त्रालयबाट अन्य दुई सह–सचिवले पनि सरुवा मागेको बुझिएको छ । अर्थमन्त्रीलाई स्वागतका बेला उनीहरुले पनि बिदाको बाहाना बनाएका थिए ।

वि.सं.२०७९ साउन १७ मंगलवार ११:५७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...