back
CTIZAN AD

दुई बैंकले पाए ऋणपत्र निष्काशन अनुमति

वि.सं.२०७९ साउन १७ मंगलवार

597 

shares

काठमाडौं । दुई बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाडू (बिओके) र हिमालयन बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

बिओकेले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति पाएको हो । जसमध्ये सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता र ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबर बाट बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

त्यसैगरी, हिमालयन बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति पाएको हो । जसमध्ये सर्वसाधारणका लागि १० लाख कित्ता र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

बोर्डबाट अनुमति पाएसंगै अब यी बैंकले ऋणपत्र निष्काशनको लागि आह्वान पत्र प्रकाशन गर्न सक्ने छन् ।

वि.सं.२०७९ साउन १७ मंगलवार ११:४२ मा प्रकाशित

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...