back
CTIZAN AD

आधारहीन कुरा नगर्न सबैलाई अनुरोध गर्दछु – सोनाम लामा

वि.सं.२०७३ चैत १२ शनिवार

855 

shares

sonam-lama

गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्(एनसीसी) अमेरिकाको आसन्न निर्वाचनसंग गाँसेर  संचारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै गैर आवासिय नेपाली संघ अमेरिकाजका क्षेत्रीय संयोजक  सोनाम लामाले ध्यानाकर्षण भएको जनाएका छन् ।  लामाले प्रेस वक्तव्य जारी गर्दै आफूहरुप्रति लगाइएको आरोपको खण्डन गर्दै उनले स्प्ष्टोक्ति दिएका छन् ।

विज्ञप्तीको सम्पूर्ण पाठ :
सम्पूर्ण गैर आवासिय नेपालीहरुमा नमस्कार !
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आसन्न निर्वाचनसंग गाँसेर संचारमा आएका केही कुराहरुप्रति म सोनाम लामा क्षेत्रिय संयोजक र एसी शेर्पा क्षेत्रीय उपसंयोजक समेतको ध्यानाकर्षण भएको छ। सोही बिषयलाइ लिएर केही कुराहरु प्रष्ट पार्न चाहन्छौ।

१. गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को मात्र नभएर हामी यो क्षेत्रकै क्षेत्रीय संयोजक र उपसंयोजक भएकोले, क्षेत्रका सबै NCC हरुको प्रगतिलाई उत्तिकै महत्व दिइएको छ। अमेरिका हामी आफु बसेको होमकन्ट्री समेत भएको नाताले पनि NRNA NCC USA को सदस्य हामी पनि हौ। हाम्रो सम्पूर्ण गतिबिधि र प्रयास संस्थालाई बलियो र धेरै अगाडि बढाउन कै लागि भएको हो। तथापि भनिए जस्तो कुनै अनावश्यक कार्य, कसैलाई दवाब दिने या तेस्ता खाले कुराहरु भएका छैनन। तेसैले तेस्तो भ्रमको पछाडी नलाग्न अनुरोध गरिएको छ।

२. यसै प्रसंङ्मा मेरो कुनै उम्मेद्धार पनि छैनन र मैले कसैलाई इण्डोर्श गरेको पनि छैन। पदिय मर्यादाले तेसो गर्न हुँदैन भन्ने कुरामा हाम्रो ज्ञान छ।

३. संस्थाको हितको लागि साथीहरु मिलेर जानुपर्छ भन्ने हाम्रो प्रयास र कर्तब्य दुवै हो र प्रयास पनि गरिएको। मेरो प्रयास भनेको पनि आकांक्षी साथीहरुलाई मिलाएर संस्था बलियो बनाउन प्रयास गर्ने हो र तेसैको प्रयास भैरहेको छ, अन्यथा भएको भन्ने कुरा सत्य होइन।

४. म संस्थाको बिधान, बिधि र आफ्नो पदिय जिम्मेवारी जान्दछु । कसको काम के हो र होइन त्यो पनि जान्दछु। गैरआवासिय नेपाली संघको बिधान २०१५, राष्ट्रिय समन्वय परिषदका लागि बनाइएको अधिवेशन निर्देशिका २०१५ को समेत नीति-नियम अनुसार मेरो कार्यक्षेत्र र गर्नु पर्ने कर्तब्य नै गरेको छु। तेसो गर्दा कसैलाई मन पर्नु र नपर्नुले कुनै अर्थ राख्दैन। मैले बैधानिक कुरा गरिरहँदा कसैलाई या कसैको इच्छा-बिपरित भयो भन्दैमा आधारहीन कुरा नगर्न सबैलाई अनुरोध गर्दछु।

५. NRNA संस्था मेरो मात्र होइन, हामी सबैको हो। सोनाम लामा संस्थामा हुनु र नहुनुले कुनै अर्थ राख्दैन। अर्को कुरा यही संस्थामा सोनाम लामा र एसी शेर्पा सधै रहिरहन्छन भन्ने पनि होइन। तर जो कोही हुँदा पनि संस्था बलियो र दिगो होस् भन्ने कुरा नै हाम्रो प्रयास र अनुरोध हो।

६. पछिल्लो समयमा धेरै अगाडि बढेको संस्था प्रति केही व्यक्तिगत प्रवृति र धेर-थोर राजनैतिक क्षेत्रको आकर्षण नभएको होइन। तेस्तो प्रयासबाट संस्थालाई चोखो राख्न हरदम लागि रहने प्रण गर्दै मेरो प्रयास भनेको संस्थाको हित प्रति नै हो र रहने छ।

७. झिना-मसिना कुराहरुलाई मसला बनाउन भन्दा संस्थालाइ एउटा शशक्त बनाउन सबैले योगदान गरौ, विवाद भन्दा योगदान गरौ यही मेरो अनुरोध हो।

अन्तमा तपाइहरु सबैलाई कसैले फिंजाएका हल्ला र कसैको व्यक्तिगत फाइदाको लागि गर्ने हत्कण्डाको पछाडी नलागी सत्य तथ्य बुझ्ने प्रयास गर्नुहुन अनुरोध गर्दछु। साथै संचारकर्मी साथीहरुले पनि कुनै जिज्ञासा भएमा सोझै सोधेर या आधार लिएर मात्र आफ्नो सुचना दिनुहुन अनुरोध गर्दछु।

२४ मार्च २०१७

धन्यबाद !
सोनाम लामा
क्षेत्रीय संयोजक
गैर आवासिय नेपाली संघ, अमेरिकाज क्षेत्र

वि.सं.२०७३ चैत १२ शनिवार १०:४६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...