back
CTIZAN AD

ताईवानको बारेमा नेपालले मुख खोल्न चीनको आग्रह

वि.सं.२०७९ साउन १८ बुधवार

582 

shares

काठमाडौं । चीनले ताईवानको बारेमा तत्काल मुख खोल्न नेपालसंग आग्रह गरेको छ ।

चीन र अमेरिकाबीचको सम्बन्धमा तनावतर्फ बढेकै बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले एक विज्ञप्ति मार्फत त्यस मामिलामा बोल्न आग्रह गरिएको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले बढाएको तनावसंगै बुधवार बिज्ञप्ति जारी गरी ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी छन् ।

नेपालले लामो समयदेखि ताइवान स्वतन्त्रताको मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गर्दै चीनियाँ राजदूत यान्छीले आगामी दिनमा पनि एक चीन सिद्धान्तमा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त समेत ब्यक्त गरेकी छन ।
यान्छीले विज्ञप्तिमा भनेकी छन ‘हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार चीन र नेपाल दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझ्ने र समर्थन गरिरहने चलन छ । एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा चीनले उच्च प्रशंसा गर्छ ।’

चीनको रुचि बेगर एमसिसि र एसपीपी जस्ता परीयोजना मार्फत नेपालमा बढाइरहेको प्रभावका बारेमा चीनले गहिरो चासो राख्दै आएको छ । अमेरिकाको मिसनमा नेपालजस्ता साना छिमेकीको उपयोग हुदा त्यसले चीनको रणनीतिक सुरक्षा स्वार्थमा आघात पुग्ने चिनियाँ बझाइ अनुरुप चीनले चौतर्फी पहल बढाएको छ ।

ताइवान स्वतन्त्रताको विरोध नेपाल–चीन सम्बन्धको राजनीतिक आधार रहेको जोड दिंदै राजदूत होउले नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहने तथा चीनको वैध र जायज अडान बुझेर समर्थन हुने बिश्वास ब्यक्त गर्दै एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता रक्षा गर्न नेपालले चीनसँग मिलेर काम गर्ने अपेक्षा सार्वजनिक गरेकी छन ।

पेलोसिले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्तविपरीत रहेको बताउदै उनले चीन—अमेरिका सम्बन्धको राजनीतिक आधारको उल्लंंघन भएको तथा चीनको सार्वभौमिकता र अखण्डताविरुद्ध हस्तक्षेप गरेको जनाएकी छन् ।
राजदूत होउले बिज्ञप्तिमा भनेकी छन ‘सभामुख पेलोसीको भ्रमणले ताइवान क्षेत्रको शान्ति र स्थिरतामा नकारात्मक असर पारेकोले चीनले यसको कडा विरोध गर्छ र यसबारे अमेरिकासँग भत्र्सना पनि गरिसकेको छ ।’

विश्वमा एउटा मात्रै चीन रहेको र ताइवान चीनको अभिन्न अंग रहेको तथ्यलाई सन् १९७१ म संयुक्त राष्ट्रसंघीय महासभाको २७५८ प्रस्तावले मान्यता दिएको उनले उल्लेख गरेकी छन्। ‘एक चीन सिद्धान्तलाई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय मानेको र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता बनेको छ’, उनले भनेकी छन ।

सन १९७९ मा चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापित हुँदा अमेरिकाले जनवादी गणतन्त्र चीनलाई मात्र कानुनी रुपमा मान्ने भनी सहमति जनाएको स्मरण गराउदै उनले भनेकी छन ‘तर अहिले अमेरिकाको बहालवाला सभामुख पेलोसीले ताइवान भ्रमण गर्नु र त्यहाँ भेटवार्ता गरेर औपचारिक रुपमै ताइवानसँग सम्बन्ध राख्नु भनेको ताइवानलाई भड्काउन खोज्नु हो । यो चीनलाई स्वीकार्य छैन, चिनियाँ जनता यसको विरोध गर्छन ।’ चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न सवा अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता रहेको उनले विज्ञप्तिमा जनाएकी छन् ।
चीनले जस्तोसुकै कदम उठाउन तयार रहेको बताउदै राजदूत होउ यान्छीले भनेकी छन्, ‘अमेरिकी सभामुखको ताईवान भ्रमणको जवाफ चीनले दिनेछ । निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनले सबै आवश्यक उपाय अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै नतिजा अमेरिकी पक्ष र ताइवान स्वतन्त्रताका पृथकतावादी शक्तिले ब्यहोर्नुपर्नेछ । ’

No description available.

वि.सं.२०७९ साउन १८ बुधवार १४:५८ मा प्रकाशित

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...