
पर्वत । पर्वतको पैञ्यू गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्नै जान थालेपछि सचेत रहन अनुरोध गरिएको छ ।
पैञ्यूको हुवास स्वास्थ्य चौकीमा बुधबार २२ र ५० वर्षीय २ जना पुरुषमा कोरोना परीक्षण गरिएकोमा २ जनामै कोरोना संक्रमित देखिएपछि सचेत रहन आग्रह गरिएको हो ।
स्वास्थ्य चौकीका ल्यावमा कार्यरत दिनेश ढकालले सामाजिक संजालमार्फत् कोरोना संक्रमणबाट जोगिन अनुरोध गरेका हुन् ।