back

हरिबोललाई प्रश्न : पहिचान त्यागेर, संगठन भद्रगोल बनाएर, कता जाँदैछ माओवादी ?

वि.सं.२०७९ साउन १८ बुधवार

192 

shares
NTC AD
Global IME AD

माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो बैठकको अन्तिम दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी र स्थायी समितिबारे टुंगो लगाउन बैठकमा “दुई/चार दिनको समय” माग गरेका थिए । उनले बैठकमा पदाधिकारीमध्ये धेरैको नाम टुंगो लागिसकेको पनि बताएका थिए । “महासचिव र उपमहासचिवको नाम तयार पारेको छु तर, अहिले मलाई पढ्न नलगाउनुस्, दुई/चार दिन समय दिनुस्”, प्रचण्डले बैठकमा भनेका थिए । तर, प्रचण्डले असार २१ मा भनेको त्यो कुरा एक महिना पुग्नै लाग्दा पनि पुरा भएको छैन । यसबीच बसेका स्थायी समिति बैठकहरु पनि सांगठनिक विषयमा प्रवेश गर्न सकेका छैनन् । नेताहरुका पछिल्ला अभिव्यक्तिलाई हेर्दा पनि पदाधिकारी चयनको विषय क्रमशः टर्दै गइरहेको देखिन्छ ।

माओवादीले किन पदाधिकारी चयनलाई प्राथमिकता दिएन ? के पदाधिकारी आवश्यक होइन ? माओवादीको आगामी राजनीति कता जाँदैछ ? लगायतका केही एजेण्डाहरुमा केन्द्रीत रही संसार न्यूजका सन्देश अर्यालले माओवादी नेता हरिबोल गजुरेलसँग केही जिज्ञासा राखेका छन् । प्रस्तुत छ गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

महाधिवेशन सम्पन्न भएको ७ महिना बितिसक्दा पनि माओवादी केन्द्रले पदाधिकारीबारे टुंगो लगाउन सकेको छैन । के पदाधिकारी बिनै पार्टी चलाउने तयारी हो ?

तेस्रो केन्द्रीय समिति बैठकमा अध्यक्षले “पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी सबैको मैंले लिस्ट तयार गरिसकेको छु, फाइनल गर्नको लागि मलाई थोरै समय दिनुस्, म सर्कुलर गर्छु” भन्नुभएको थियो । गत असार १५ मा बोलाइएको स्थायी समिति बैठकमा स्थायी समिति र पोलिटब्यूरोलाई पूर्णंता दिने तयारी थियो । अध्यक्षले पनि सोहीअनुसार सुझाब लिनुभएको थियो । तर, अन्य राजनीतिक एजेण्डामा केन्द्रीत हुनुपर्ने अवस्था आएपछि केही दिन घर्केको हो । अध्यक्षले पदाधिकारीको विषयमा निर्णय लिन केही दिन मात्रै माग्नुभएको छ । उहाँले जापान भ्रमणबाट फर्किएलगत्तै टुंग्यायौं भन्ने प्रस्ताव गर्नुभएको छ । अब उहाँ भ्रमणबाट फर्के लगत्तै हामी सबै टुंग्याउने तयारीमा लाग्छौं ।

माओवादीभित्र एउटा गजबको संस्कार विकास भएको छ, त्यो हो समयमा निर्णय नगर्ने । आज त्यही संस्कारको नतिजा देखिएको हो । माओवादीको समग्र नेतृत्व नै यो संस्कारबाट ग्रस्त छ ।

अहिलेसम्म टुंग्याउनु नसक्नुको खास समस्या के हो ? विवाद कहाँ हो ? कि, अध्यक्षको चाहाना नभएर हो ?

माओवादीभित्र एउटा गजबको संस्कार विकास भएको छ, त्यो हो समयमा निर्णय नगर्ने । आज त्यही संस्कारको नतिजा देखिएको हो । माओवादीको समग्र नेतृत्व नै यो संस्कारबाट ग्रस्त छ ।

बाहिर चर्चा भएजस्तो कुनै एउटा पदमा देखिएको विवादले पदाधिकारी टुंगो नलागेको होइन । फेरि यो पनि होइन कि महासचिव मात्रै होइन अन्य पदमा समस्या नै छैन । पदाधिकारी १५ सदस्यीय बनाउने व्यवस्था विधानमा छ । तर, आकांक्षी त्यसको तीन गुणाभन्दा बढी देखिएको अवस्था छ । नेतृत्वलाई समावेशी बनाउनुपर्ने दायित्व पनि हामीमाथि छ । यी यावत विषय जोडिँदा टुंगो लगाउन नसकिएको हो ।

विशेष महाधिवेशन बोलाउने कुरा पनि छ । कि विशेष महाधिवेशनसम्म पदाधिकारी चयन नगर्ने हो ?

पदाधिकारी चयन हुन नसक्दा स्थानीय चुनावमा हामीलाई थोरैमा २० देखि २५ सिट घाटा परेको छ । उम्मेदवारी चयन गर्ने सन्दर्भमा होस् वा उम्मेदवार बनाउँदा उत्पन्न अन्तरविरोध हल गर्ने सन्दर्भमा पदाधिकारी नहुँदा ति विषय जटिल बने । अहिलेको चुनावमा पनि हामीले ती विषयलाई टुंग्याएनौं भने धेरै घाटा हुन्छ । मधेशबाट माओवादी बढारियो भन्ने चर्चा पनि भइरहेको छ । त्यो खास किन भयो ? यसको सिधा उत्तर, केन्द्र र प्रदेशमा नेतृत्वको टुंगो लगाउन नसक्नु नै हो । अब पनि नगर्ने हो भने थप समस्या बढ्ने निश्चित छ ।

तर, माओवादीले विशेष महाधिवेशन बोलाउने भनेको नेतृत्वको लागि होइन । माओवादीले नयाँ परिवेशमा विचार, राजनीति, संगठन र राष्ट्रियताको विषयमा फरक कन्सेप्ट दिन जरुरी छ । हामीले त्यसैको निम्ति विशेष महाधिवेशन गर्ने तयारी गरेका हौं । यो पदाधिकारी वा अन्य विभागको लागि होइन ।

पदाधिकारी चयन हुन नसक्दा स्थानीय चुनावमा हामीलाई थोरैमा २० देखि २५ सिट घाटा परेको छ । उम्मेदवारी चयन गर्ने सन्दर्भमा होस् वा उम्मेदवार बनाउँदा उत्पन्न अन्तरविरोध हल गर्ने सन्दर्भमा पदाधिकारी नहुँदा ति विषय जटिल बने । अहिलेको चुनावमा पनि हामीले ती विषयलाई टुंग्याएनौं भने धेरै घाटा हुन्छ ।

हालै महासचिवका आकांक्षी वर्षमान पुनको एउटा अन्तरवार्ता सार्वजनिक भएको छ । उहाँले आम चुनाव अगाडि पदाधिकारीबारे निर्णय हुन नसक्ने बताउनु भएको छ । उहाँले यत्तिकै भनेको त होइन होला नि ?

अन्नतजीले अध्यक्षसँग कुराकानी गरेको अलि अगाडि हो । उहाँले त्यही कुराकानीका आधारमा भन्नुभयो होला । तर, पछिल्लो तयारी साउन भित्रै टुंग्याउने भन्ने छ । अध्यक्षले स्पष्टरूपमै जापानबाट फर्किए लगत्तै टुंग्याउने भन्नुभएको छ । उहाँले नेताहरुसँग सुझाब पनि माग्नुभएको थियो । “म गृहकार्य गरिरहेको छु, केही समय बैठक सारौं, अनि निर्णयमा पुगौं” भन्नुभएको छ । यो पछिल्लो कुरा हो ।

तपाईँ अलि विधि र थितिको कुरा गर्ने मान्छे । माओवादीभित्र सांगठनिक अस्थव्यवस्था भएको, अराजकता बढेकोमा चिन्ता लाग्दैन ?

संगठनको क्षेत्रमा हामीले जसरी पहल लिनुपर्ने थियो, त्यो सकिरहेका छैनौ । विचार र राजनीतिको विषयमा त सापेक्षितरूपमा हामी स्पष्ट नै छौं । अन्यभन्दा हामी अगाडि नै छौं । तर, संगठनको क्षेत्रमा हामी अगाडि बढ्न सकिरहेका छैनौं । हामीले संगठनको क्षेत्रमा एउटा ब्रेक नै गर्नुपर्ने हो, महाधिवेशन पछि त्यस्तो देखिनुपर्ने तर, हामीले गर्न सकेका छैनौं । मलाई लाग्छ, यो कमजोरीलाई सच्याउनु पर्छ । नत्र भोलिको दिनमा थप समस्याहरु आउन सक्छन् । मानिसहरुलाई संगठनको क्षेत्रमा माओवादीले सकेन भन्ने पनि परेको छ । यद्यपि कांग्रेस, एमालेलगायत भित्र पनि समस्या छन् । तर, माओवादी अलि अग्रगामी शक्ति भएको कारण मानिसहरुले अलि बढी अपेक्षा पनि गरेका हुन्छन् । यो कुरा उठीरहेको छ । तर, पुरा भएको छैन । नेतृत्व पंक्तिले यो जिम्मेवारी बोध गर्नुपर्छ । अध्यक्ष पनि यो विषयमा सकारात्मक हुँदै जानुभएको भन्ने लागेको छ ।

No description available.

समाजवादी मोर्चा कांग्रेससँग बारगेनिङ्ग गर्नका निम्ति होइन । कांग्रेसका नेताहरुले त्यो बुझ्न हुँदैन । यसले गठबन्धनलाई थप मजबुद बनाउँछ । तपाईँले भने झैं एमालेलाई ठेगान भन्दा पनि यो मोर्चाको उद्देश्य केपी ओली प्रवृत्तिलाई ठेगान लगाउने भने हो ।

प्रसङ्ग फेरौं, समाजवादी मोर्चा वा केन्द्र निर्माणको चर्चा छ । मोर्चा वा केन्द्र निर्माणको विषय कहाँ पुग्दैछ ?

समाजवादी मोर्चा त ठिकै हो, समाजवादी केन्द्र बनाउने विषयमा हामीले छलफल गरेका छैनौ । समाजवादी मोर्चा बनाउने कुरा कम्युनिष्ट र गैरकम्युनिष्ट सबैबीचमा बनाउन सकिन्छ । तर, केन्द्र बनाउने कुरा तर्फ हामीले कुनै अहिले पहल लिएका छैन । केन्द्र बनाउने भनेको पार्टी एकताको विषय हो । हामीले त्यो दिशातर्फ तत्कालै कुनै योजना बनाएका छैनौ । अहिले हामीले विशुद्ध चाहेको विषय समाजवादी मोर्चा निर्माणको कुरा हो । हामीले समाजवादी व्यवस्था मान्नेहरुका बीचमा बलियो गठबन्धन बनाऔं भन्ने प्रस्ताव गरेका हौं । हामीले संविधानको मर्मअनुसारको व्यवस्था निर्माणका लागि यो कुरा गरेका हौं । यसमा आशंका गर्नु पर्दैन । कतिपयले माओवादीले आफ्नो विचारै छोड्यो, नयाँ पार्टी बनाउन तिर लाग्यो भन्ने पनि टिप्पणी गरेका छन् । त्यो सब गलत हो ।

समाजवादी मोर्चा निर्माणको अवधारणा खासमा एमालेलाई ठेगान लगाउन कि कांग्रेससँग बारगेनिङ्ग गर्न ?

संविधानको मर्म समाजवाद उन्मूख छ । संविधान मान्ने र समाजवादी व्यवस्था स्वीकार गर्नेहरुका बीचमा गठबन्धन गर्नु अहिलेका निम्ति उपयुक्त हुन्छ । हामीले सबैलाई समेट्ने गरि यो खाका अगाडि सारेका हौं । यो कांग्रेससँग बारगेनिङ्ग गर्नका निम्ति होइन । कांग्रेसका नेताहरुले त्यो बुझ्न हुँदैन । यसले गठबन्धनलाई थप मजबुद बनाउँछ । तपाईँले भने झैं एमालेलाई ठेगान भन्दा पनि यो मोर्चाको उद्देश्य केपी ओली प्रवृत्तिलाई ठेगान लगाउने भने हो ।

अलि दुविधाको विषय देखियो । कांग्रेसले पनि आफुलाई समाजवादी पार्टी भन्छ । तपाईँहरु कांग्रेससँग पनि गठबन्धनमै हुनुहुन्छ । यस्तो अवस्थामा फेरि समाजवादी भनेर बेग्लै मोर्चा निर्माण गर्नुपर्ने कारण ?

कुरा स्पष्ट छ, समाजवाद भनेपनि वामपन्थी र गैरवामपन्थीले भन्ने समाजवाद बेग्लाबेग्लै छ । समाजवादको अवधारणा बेग्लै छ । लुकाउनु पर्दैन, हामी वामपन्थी धारलाई समेटेर समाजवादी मोर्चा निर्माण गर्न चाहेका छौं । हामीले माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम–उपेन्द्र र वामदेव गौतमलगायतलाई समेटेर मोर्चा बनाउन चाहेका हौं । हामीले यो विषय कसैसँग लुकाएका पनि छैनौं । हामी परिवर्तनलाई संस्थागत गर्ने र स्थिरता कायम गर्ने दिशातर्फ जानको निम्ति पनि वामपन्थीहरुको बीचमा धुव्रिकरण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं । त्यसैअनुरूप यो मोर्चाको अवधारणा आएको हो । अहिले नेपाली राजनीतिमा परिवर्तन विरोधी समूह हाबी हुन खोजेको देखिन्छ । जसलाई ठेगान लगाउनु पनि अत्यन्तै आवश्यक छ ।

महाधिवेशनको बेलामा धेरै नेताहरुको भनाई “धेरै विकल्प होइन, अब माओवादीलाई सबल बनाउने बाटोमा जाऔं” भन्ने थियो । प्रचण्डको प्रतिवेदन र महाधिवेशनको महोललाई हेर्दा, अब फेरि हिजोका माओवादीहरु मिल्छन् कि भन्ने पनि देखिन्थ्यो । तर, क्रमशः विषय फेरिदैं गएको देखिन्छ । के भन्नुहुन्छ ?

माओवादीहरुबीचको एकताको विषयमा पनि हामीबीच छलफल भइरहेको छ । महाधिवेशनको स्प्रीटलाई हामीले भुलेका छैनौं । तर, मुख्य कुरा अहिले वामपन्थी सबै शक्तिलाई समेट्नु पर्छ भन्ने हो । अहिले एमाले कम्युनिष्ट धाराभन्दा बाहिर चलेको छ, जसले परिवर्तन नै उल्ट्याउन खोजिरहेको छ । परिवर्तनलाई जोगाउनका निम्ति पनि अन्य वामपन्थी शक्तिलाई एक ठाउँमा जुटाउनु आवश्यक छ । वामपन्थीबीच अहिले नभएपनि भोली एकता हुन्छ । हुनै पर्छ । यो नेपालको राष्ट्रको हितमा छ ।

माओवादीले पहिचान छाड्यो भन्ने सही होइन । हिजो प्रचण्डकै नेतृत्वमा हामी जनयुद्धमा गएका थियौं र उहाँकै नेतृत्वमा शान्तिपूर्णं राजनीतिमा आएका थियौं । अहिले हामी हिजोकै नेतृत्व र एजेण्डाभन्दा बाहिर गएका छैनौं । उतार चढाव हुने विषयलाई गलत ढंगले बुझ्न हुँदैन ।

अन्तिममा, माओवादीले आफ्नो पहिचान छाड्यो भन्ने चिन्ता नेता तथा कार्यकर्तामा व्याप्त देखिन्छ । सत्ताकै निम्ति एमसीसी, नागरिकता विधेयक जस्ता विषयमा माओवादी चुक्यो भन्ने धेरैको टिप्पणी छ । के भन्नुहुन्छ ?

माओवादीले पहिचान छाड्यो भन्ने सही होइन । हिजो प्रचण्डकै नेतृत्वमा हामी जनयुद्धमा गएका थियौं र उहाँकै नेतृत्वमा शान्तिपूर्णं राजनीतिमा आएका थियौं । अहिले हामी हिजोकै नेतृत्व र एजेण्डाभन्दा बाहिर गएका छैनौं । उतार चढाव हुने विषयलाई गलत ढंगले बुझ्न हुँदैन । एमसीसी हामी कुनै हालतमा पारित गराउने पक्षमा थिएनौं । तर, एमसीसी निशर्तः पारित गराउने पक्षमा बलियो संसदीय अंकगणीत देखिएपछि हामी व्याख्यात्मक बुँदासहित पारित गराउने पक्षमा पुग्यौं । हामीले त व्याख्यात्मक बुँदाहरु राखेका छौं । भोलि केही भए फिर्ता गर्न सकिने व्यवस्था गरेका छौं । हिजो ओलीले निशर्तः एमसीसी पारित गर्न चाहेका थिए । उनले एसपीपी पनि थाहै नदिइ अगाडि सारेको पाइयो । अहिले हाम्रै जोडबलले त्यो विषय बाहिर मात्र आएन अस्वीकार पनि गरियो ।

नागरिकताजस्तो विषयमा लामो समयदेखि विवाद रही रहनु ठिक थिएन । हिजो ओलीले अध्यादेशमार्फत नै ऐन संशोधन गर्न खोजेका थिए । हामीले संसदबाट छलफल गरेर पारित गर्ने अवस्था बनायौं । यहाँ हामीले हाम्रो तर्फबाट संशोधन प्रस्ताव पनि राखेका छौं । संसदीय अंकगणित पक्षमा भइसके पछि हामीले रोक्न सक्ने अवस्था पनि थिएन । हामीले हाम्रो अडान लेखेका छौं, देव गुरुङको नेतृत्वमा संशोधन प्रस्ताव नै गएको छ । गठबन्धन भएको र संसदीय अंकगणित फरक भएको कारण हामी केही लचिलो भएका हौं ।

वि.सं.२०७९ साउन १८ बुधवार १५:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD