back
CTIZAN AD

मन्त्रिपरिषद् बैठक अघि देउवाले किन गर्न खोजेका थिए ओलीसँग कुराकानी ?

वि.सं.२०७९ साउन २० शुक्रवार

810 

shares

काठमाडौं । चुनावको मितिबारे निर्णय गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न चाहेको तर, हुन नसकेको देउवाका सहयोगीले बताएका छन् । शुक्रबार सत्ता गठबन्धनको बैठक पछि सञ्चारकर्मीसँगको कुराकानीमा देउवाका सहयोगीका रुपमा चिनिएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

उनका अनुसार देउवाले आफ्नै मोबाइलबाट ओलीलाई पटक–पटक फोन गरेका थिए । तर, ओलीले नउठाएको उनले बताए ।

“प्रधानमन्त्रीज्यूले फोन गर्नुभएको थियो, म पनि त्यहीँ थिएँ तर, संवाद हुन सकेन”, कार्कीले भनेका छन् ।

एमालेका केही नेताहरुले निर्वाचनको मिति घोषणाबारे प्रतिपक्षीसँग छलफल नै नगरिएको प्रतिक्रिया दिएका छन् । एमालेका नेताहरुको प्रतिक्रियाप्रति कार्कीले यस्तो कुरा बताएका हुन् । तर, कार्कीले चुनावको मिति घोषणा अपेक्षित भएको पनि बताएका छन् ।

वि.सं.२०७९ साउन २० शुक्रवार १४:१७ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...