नेकपा एमाले निकट प्रवासी नेपाली मंच युरोप अन्तर्गत विभिन्न देशमा रहेका भातृ संगठनको अबिधेशन सम्पन्न भएको छ ।
प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङका अनुसार युके, साइप्रस, अष्ट्रिया, स्विजरल्याण्ड, पोर्चुगल, पोल्याण्ड, स्वीडेन लगायतका देशमा रहेका मंचहरुको अबिधेशन हालै सम्पन्न भएका हुन् ।
अध्यक्ष गुरुङका अनुसार प्रवासी नेपाली मञ्च युके मिडल्याण्ड क्षेत्रिय कमिटीको अधिवेशनबाट अध्यक्ष शम्भु अर्याल, उपाध्यक्षमा हेमलाल सापकोटा, सचिवमा पदम गोले, सहसचिवमा यमलाल सापकोटा, आर्थिक विभाग प्रमुख बुद्धराज केसी र सदस्यहरुमा शशी पाण्डे, रेशम खड्का, विवेक गोले, रमाकान्त पौडेल (रमेश) कोपिला लामिछाने, मुक्त अधिकारी र माधव पाण्डे रहेका छन् ।
त्यसैगरी मन्चको सल्लाहकारहरुमा पशुपति पोख्रेल, तारानाथ भण्डारी, रुक्मांगत अर्याल, गोपिराज गिरी र गंगा ढकाल चयन भएका छन् ।
त्यसैगरी प्रवासी नेपाली मञ्च, साईप्रसको अधिवेशनले श्यामलाल नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मनबहादुर सारु, सचिवमा निरु गोले, उपसचिवमा सुवोध नायक र सदस्यहरुमा रेशमा लामा, सिता सनवानी, कल्पना जुग्जाली, मञ्जु गिरी, मनोज पन्थ, चन्द्रकला कार्की, चित्रदास बैरागी, बिना वाईबा, दावा ग्याल्जे तामाङ, सुनिता पौडेल, दिलमाया तामाङ, पेमु तामाङ, कल्पना सुनुवार तथा प्रमुख सल्लाहकारमा धातानन्द पाण्डे चयन भएका छन् ।
मन्चको स्वीडेन कमिटीले देब भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा तारा न्यौपाने, सचिवमा कृष्ण केसी र सदस्यहरुमा चिरञ्जिवी खरेल, खिम न्यौपाने, शिव भुषाल, गंगा पौडेल, कृष्ण पण्डित, लक्ष्मण शेरचन, धु्रवकुमार गिरी, योगेश खरेल, सुमन स्यांग्वो, जमुना पण्डित चयन भएका छन् ।
त्यस्तै अष्ट्रियाको अध्यक्षमा दधिराम नेपाल चयन भएका छन् । हालै सम्पन्न मन्चको अबिधेशनले उपाध्यक्षमा सुर्य लामिछाने, सचिवमा बाबाराजेश्वरी थापा, उपसचिवमा क्रमशः कृष्णकुमार श्रेष्ठ र दिनेश बैदवार, आर्थिक विभाग प्रमुखमा कृष्णदत्त भट्ट तथा सदस्यहरुमा नुनीता सापकोटा, चन्द्रसेन राई, दविन लामा चयन भएका छन् ।
त्यस्तै मन्चको सल्लाहकारहरुमा भियनाबाट गणेश प्रसाई, झविन्द्रप्रसाद अर्याल, डा श्याम उपाध्याय र बिनोद चौलागाई रहेका छन् भने अरुण घिमिरे– लिन्च, दिपेन्द्र हिमालय कार्की–टिरोल, राजकुमार उपाध्याय–साल्ज्वुर्ग र ग्राजबाट हुमबहादुर हमाल चयन भएका छन् ।
त्यसैगरी मंचको स्वीजरल्याड कमिटीले विक्रम खातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र राउत, सचिवमा धर्म गुरुङ, सहसचिवमा सुसिल अर्याल तथा सदस्यहरुमा श्रवण केसी, अशोक पाण्डे, प्रवीण मगर, दिपेन्द्र रावत, राजेन्द्र भण्डारी, अनिल महर्जन, सुरेश नेपाली, प्रकाशबहादुर क्षेत्री र प्रभा खवास रहेका छन् ।
मन्चको पोर्चुगलको अबिधेशनले राजाराम लामिछाने अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा धनिराम पौडेल, सचिवमा दीपक खत्री, उपसचिवमा क्रमशः सुरज विष्ट र राजु डुम्रे रहेका छन् ।
त्यस्तै मन्चको सदस्यहरुमा अमृत रिजाल, दयासागर लामिछाने, मिलन रेग्मी, सुमन शर्मा चौलागाई, सुमनविक्रम सिलवाल, शिवसागर बुढाथोकी, भगवान गिरी, मणिमुकुन्द न्यौपाने, नविन थापा, सन्तोष सुवेदी, मञ्जु अधिकारी, दीपा लिम्बु, अनिता केसी, शक्ति भट्टराई, विनोद सिलवाल, दिनेश खड्का, शर्मिला लामा, कमल तिवारी, धर्मराज बराल, पुष्कर पन्थी, अनिल कोइराला, मनोहर रेग्मी, परिश्वर सापकोटा, यादव लामिछाने, याम खत्री, नविन खड्का, अनुप मगर, मोहन पौडेल, सुदिप विश्वकर्मा, रुद्र सुवेदी रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै मन्चको पोल्याण्ड कमिटीको अध्यक्षमा ईश्वर देवकोटा चयन भएका छन् भने उपाध्यक्षमा राम सुवेदी, सचिवमा प्रज्वल सुवेदी, उपसचिवमा हरिचन्द्र गिरी र सागर देवकोटा, आर्थिक विभाग प्रमुखमा दिपेन्द्र अधिकारी तथा सदस्यहरुमा सरोज वस्ति, ईश्वर खनाल, केशव भट्टराई, सिताराम बिक, सागर पत्रबश, सुमन थपलिया, चन्द्रकान्त न्यौपाने, हेम थापा, रुपेश यादव, खड्क आलेमगर, सुवास बिक, धनेन्द्रकुमार ढकाल, युवराज जैसी, देवेन्द्र श्रेष्ठ, सोनाम ढकाल, ईश्वर खनाल, दिपेन्द्र अधिकारी र सरोज वस्ती रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा टंक कटुवाल, अक्ष्य रिजाल, मोहन घिसिङ लामा, आषिस रायमाझी, आनन्द घिमिरे, र पद्मा पाण्डे देवकोटा चयन भएका छन् ।
वि.सं.२०७९ साउन २० शुक्रवार १५:४३ मा प्रकाशित






























