back
CTIZAN AD

चिनियाँ लडाकु विमानहरू ताइवानको आकाशमा

वि.सं.२०७९ साउन २० शुक्रवार

1.2K 

shares

काठमाडौं । ताइवान नजिकै चलिरहेको सैन्य अभ्यासको दोस्रो दिन चिनियाँ लडाकु विमानहरू ताइवानको आकाशमा प्रवेश गरेका छन्। ताइवानको रक्षा मन्त्रालयले भनेअनुसार २० चिनियाँ लडाकु विमान र १० युद्धपोतले शुक्रबार बिहान ताइवान स्ट्रेटको मध्य रेखा पार गरेका थिए ।

उनीहरूले जानाजानी ताइवान स्ट्रेट पार गर्न खोजिरहेको ताइवानको रक्षा मन्त्रालयले भनेको छ । “हामीले सावधानीका रूपमा मिसाइल प्रणाली तैनाथ गरेका छौं, हामीले चीनको गतिविधिलाई निरन्तर निगरानी गरिरहेका छौं, केही विमान र जहाजलाई अनुगमनका लागि पठाइएको छ”, ताइवानको रक्षा मन्त्रालयले भनेको छ ।

वास्तवमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीचको विवाद बढेको छ । पेलोसी अगस्ट २ मा ताइवान पुगेकी थिइन् । उनी फर्कने बित्तिकै चीनले अगस्ट ४ मा ताइवाननजिकै सैन्य अभ्यास सुरु गरेको थियो ।

पेलोसीमाथि प्रतिबन्ध

चीनले न्यान्सी पेलोसीमाथि प्रतिबन्ध लगाएको छ । तर, चीनले कस्तो किसिमको प्रतिबन्ध लगाएको हो भन्ने स्पष्ट छैन ।

चीनको विदेश मन्त्रालयले पेलोसीलाई एक चीन नीतिको उल्लंघन गरेको बताएको छ । “हाम्रो विरोधका बाबजुद पेलोसीले ताइवानको भ्रमण गरिन्, यो हाम्रा लागि गम्भीर विषय हो”, विदेशमन्त्री वाङ यीले भनेका छन्, “अमेरिकी संसदका सभामुखले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गरेकी छिन्, उनले एक चीन नीतिको उल्लंघन गरेकी छिन्, चीनको विरोधका बाबजुद पेलोसीले ताइवानको भ्रमण गरेर क्षेत्रको शान्तिलाई खतरामा पारेकी छिन् ।”

जापान पुगेर चीनको विरोध

यसैबीच, न्यान्सी पेलोसी ताइवानको भ्रमण सकेर जापान पुगेकी छिन् । उनले चिनियाँ सैन्य अभ्यासको निन्दा गरेकी छिन् । पेलोसीले भनिन्, “चीनले अमेरिकी अधिकारीहरूलाई ताइवान यात्रा गर्नबाट रोकेर ताइवानलाई अलग गर्न सक्दैन। हामी ताइवानलाई एक्लो हुन दिनेछैनौं। अमेरिकाले चीनलाई यसो गर्नबाट रोक्नेछ।” एजेन्सीबाट

सम्बन्धित समाचार

चीन र ताइवानबीच बढ्यो युद्धको सम्भावना, अहिलेसम्मकै ठूलो सैन्य अभ्यासमा देखियो चीन

चीन र ताइवानबीच युद्धको सम्भावना : नेपालमा कस्तो पर्ला असर ?

चीनले हान्यो ताइवानविरुद्ध मिसाइल, अमेरिकाले पठायो युद्धपोत

वि.सं.२०७९ साउन २० शुक्रवार १५:३९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...