back
CTIZAN AD

चीनले हान्यो ताइवानविरुद्ध मिसाइल, अमेरिकाले पठायो युद्धपोत

वि.सं.२०७९ साउन १९ बिहीवार

978 

shares

काठमाडौं । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। ताइवानको रक्षा मन्त्रालयलाई उद्र्धत गर्दै बिबिसीले जनाएअनुसार बिहीबार चीनले मिसाइल प्रहार गरेको हो । डोङफेङ मिसाइल चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए)ले प्रयोग गर्छ।

ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपण पछि आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय गरेको बताएको छ। साथै उसले चीनको ‘गैरजिम्मेवार कदमले क्षेत्रको शान्तिमा खलल पुगेको’ बताएको छ ।

चिनियाँ सरकारी मिडियाले पनि मिसाइल प्रक्षेपणको पुष्टि गरेको छ । सरकारी मिडियाले पूर्वी थिएटर कमाण्डको रकेट फोर्सले ताइवानको पूर्वी भागमा मिसाइल प्रहार गरेको बताएको छ । मिसाइल प्रहार गरिएको भिडियो चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले सार्वजनिक गरेको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता तान केइफीले एक विज्ञप्तिमा भनेका छन्, “ताइवान नजिकै पीएलएको पूर्वी थिएटर कमाण्डद्वारा संयुक्त अभ्यास अमेरिका-ताइवानको साँठगाँठलाई रोक्नको लागि हो।”

अमेरिकाले पठायो युद्धपोत

चीनको कारबाहीपछि अमेरिकी सेनाले आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवानको दक्षिणपूर्वी समुद्रमा पठाएको छ । “युएसएस रोनाल्ड रेगन र यसको स्ट्राइक समूहले फिलिपिन्सको समुन्द्रमा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको समर्थनमा नियमित गस्ती र सामान्य अनुसूचित कार्यहरू सञ्चालन गरिरहेको छ”, नौसेनाका प्रवक्ताले एक विज्ञप्तिमा भनेको छ ।

हालै, चीनको चेतावनीको बाबजुद, अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको भ्रमण गरिन्। चीनले आफ्नो एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो हिस्सा मान्छ। तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मानेको छ ।

पेलोसीको भ्रमणपछि चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ। धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन्।

सम्बन्धित समाचार

युक्रेनपछि ताइवानमा युद्धको त्रास : चीनले खोल्ला त फायर ?

चीन र ताइवानबीच बढ्यो युद्धको सम्भावना, अहिलेसम्मकै ठूलो सैन्य अभ्यासमा देखियो चीन

चीन र ताइवानबीच युद्धको सम्भावना : नेपालमा कस्तो पर्ला असर ?

वि.सं.२०७९ साउन १९ बिहीवार १७:०५ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...