
स्वास्थ्य मन्त्रालयले मंकिपक्सको रोकथाम र नियन्त्रणका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
मङ्कीपक्स सरुवा रोग भएकाले नेपालमा हालसम्म यो रोग नदेखिएपनि धेरै मुलुकमा फैलिरहेकाले नेपालमा पनि सावधानी अपनाउन अनुरोध गरेको हो ।
कसरी सर्छ त यो रोग ?
मंङ्कीपक्स रोग लागेका व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ ।
१) घाउँ–खटिरा–बिमीराको सम्पर्कबाट
२–शरिरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट ।
३ भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट ।
४–संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिनसक्छ ।
निम्न अङगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ
काटिएको, बिमीरा वा फुटेको छाला, आखा, नाक वा मुख तथा स्वाशनली ।
के–के हुन् त यसका लक्षणहरु ?
ज्वरो आउनु
सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला अनुहार, हत्केला र पैतलामा डाबर देखापर्नु ।
डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको, ढाड र मांशपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु लगायतका रहेका छन् ।
यस्ता लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
यी हुन् मंकिपक्स रोगका सम्भावित जटिलता
आँखामा संक्रमण र दृष्टि गुम्नु ।
अन्य जीवाणुको संक्रमण
निमोनिया
मस्तिष्क ज्वर
गर्भ खेर जानु
मृत्यु
यसरी गर्न सकिन्छ मंकिपक्स रोगका रोकथामका उपायहरु
-मंकिपक्सको शंका वा पृष्टि भएको व्यक्तिसँग सुरक्षित सम्पर्कमा नजाने ।
-संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
-संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने ।
-घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पन्जा लगाउने ।
-नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
-संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने ।
-म्ंकिपक्सको संक्रमण पुष्टि भई विरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने ।
– संक्रमित व्यक्तिको सम्पर्कमा आएको व्यक्तिले पिसीआर परीक्षण गर्ने ।
-संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसंक्रमण गर्ने ।
-मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
-फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने ।
मन्त्रालयले यससम्बन्धी विस्तृत जानकारीका लागि १११५ मा फोन गर्न समेत अनुरोध गरेको छ ।