back
CTIZAN AD

यी हुन् मंकिपक्स रोगका लक्षण र यसबाट बच्ने उपाय

वि.सं.२०७९ साउन १९ बिहीवार

1.1K 

shares

स्वास्थ्य मन्त्रालयले मंकिपक्सको रोकथाम र नियन्त्रणका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

मङ्कीपक्स सरुवा रोग भएकाले नेपालमा हालसम्म यो रोग नदेखिएपनि धेरै मुलुकमा फैलिरहेकाले नेपालमा पनि सावधानी अपनाउन अनुरोध गरेको हो ।

कसरी सर्छ त यो रोग ?
मंङ्कीपक्स रोग लागेका व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा निम्न अवस्थाबाट सर्छ ।

१) घाउँ–खटिरा–बिमीराको सम्पर्कबाट

२–शरिरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट ।

३ भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट ।

४–संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिनसक्छ ।

निम्न अङगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ 
काटिएको, बिमीरा वा फुटेको छाला, आखा, नाक वा मुख तथा स्वाशनली ।

के–के हुन् त यसका लक्षणहरु ?

ज्वरो आउनु
सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला अनुहार, हत्केला र पैतलामा डाबर देखापर्नु ।

डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको, ढाड र मांशपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु लगायतका रहेका छन् ।

यस्ता लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यी हुन् मंकिपक्स रोगका सम्भावित जटिलता
आँखामा संक्रमण र दृष्टि गुम्नु ।

अन्य जीवाणुको संक्रमण

निमोनिया

मस्तिष्क ज्वर

गर्भ खेर जानु

मृत्यु

यसरी गर्न सकिन्छ मंकिपक्स रोगका रोकथामका उपायहरु

-मंकिपक्सको शंका वा पृष्टि भएको व्यक्तिसँग सुरक्षित सम्पर्कमा नजाने ।

-संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।

-संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने ।

-घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पन्जा लगाउने ।

-नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

-संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने ।

-म्ंकिपक्सको संक्रमण पुष्टि भई विरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने ।

– संक्रमित व्यक्तिको सम्पर्कमा आएको व्यक्तिले पिसीआर परीक्षण गर्ने ।

-संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निःसंक्रमण गर्ने ।

-मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।

-फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने ।

मन्त्रालयले यससम्बन्धी विस्तृत जानकारीका लागि १११५ मा फोन गर्न समेत अनुरोध गरेको छ ।

 

 

वि.सं.२०७९ साउन १९ बिहीवार १६:४९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...