Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

चीन र ताइवानबीच युद्धको सम्भावना : नेपालमा कस्तो पर्ला असर ?



काठमाडौं । चीन र ताइवानबीच तनाव बढेको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो । पेलोसी फर्किएसँगै चीनले ताइवान केन्द्रीत ठूला सैन्य अभ्यासहरु गर्न थालेको छ ।

चीनले आफ्नो सैन्य अभ्यासहरु ताइवानको जलक्षेत्र केन्द्रीत बनाएको छ । चीनको रक्षा मन्त्रालयका प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने पनि बताएका छन् । जसको अर्थ चीनले युद्ध हुनसक्ने जनाउ दिएको छ ।

यता ताइवान पनि युद्ध भए प्रतिक्रिया दिने मुडमा देखिएको छ । राष्ट्रपति साइ यिङ वूनले ताइवान “पछि नहट्ने र आफ्नो आत्मरक्षा क्षमताहरु बलियो बनाउ जे पनि गर्ने” बताएकी छिन् ।

ताइवानले पनि युद्धको तयारी गरिरहेको देखिन्छ । सञ्चारमाध्यममा सार्वजनिक रिपोर्टहरुअनुसार ताइवानले एकातिर सैनिकलाई अभ्यासमा उतारेको छ भने नागरिकलाई आक्रमण भइहाले कसरी जोगिने भनेर तालिम दिन थालेको छ । घटनाक्रमलाई हेर्दा युद्ध सम्भावना नजिक देखिन्छ ।

युद्ध भए नेपाललाई के असर ?

अहिले मध्य युरोपमा युद्ध चल्दा त्यसको मार खेपिरहेको नेपालमा चीन र ताइवानबीच युद्ध भए के होला भन्ने चिन्ता देखिएको छ । युरोपको युद्धले आर्थिक क्षेत्रमा असर गरिरहेको बेला चीन र ताइवानबीचको युद्धले अन्य क्षेत्रमा पनि असर गर्न सक्ने चिन्ता विज्ञहरुले दर्शाएका छन् ।

अहिले मध्य युरोपमा अमेरिकाको प्रत्यक्ष सहभागितामा रुस र युक्रेनबीच युद्ध जारी छ । जुन युद्धको कारण विश्वभर तेल संकट भएको छ र महँगी बढेको छ । जसको कारण साना र कमजोर अर्थतन्त्र भएका नेपाल जस्ता मुलुकहरु संकटमा पुगेका छन् । यदि एसियामै अर्को युद्ध भयो भने त्यसको असर अझ बढ्नेछ । त्यसले नेपालजस्ता देशमा अर्थतन्त्रमा मात्रै होइन राजनीतिमै पनि प्रभाव पार्ने विज्ञहरुको भनाई छ ।

सीमाको जिम्मा सेनालाई दिनुपर्छ : हिरण्यलाल श्रेष्ठ

युद्धको प्रभाव राजनीतिमा

चीन र ताइवानबीच युद्ध भए अमेरिका पनि सहभागि हुने सम्भावना रहेको कारण त्यसको सिधा असर नेपालमा पर्न सक्ने देखिन्छ । परराष्ट्र विद् हिरण्यलाल श्रेष्ठ युद्ध भइहाले नेपालको राजनीतिमा चीन र अमेरिकाबीचको खिचातानी प्रकट हुनसक्ने बताउँछन् । जसको कारण नेपालको समग्र व्यवस्थामै पनि संकट ल्याउन सक्छ ।

“अमेरिकाले चीनका विरुद्ध नेपाललाई प्रयोग गर्न चाहेको कुरा बाहिर लुकेको छैन, युक्रेनको पक्षमा समेत माहोल बनाउन नेपाल आउनेले चीनका विरुद्ध प्रयोग गर्न नआउने भन्ने हुन्न”, परराष्ट्रविद् श्रेष्ठले भनेका छन्, “निर्णायक अवस्थामा नेपालको राजनीतिलाई आफ्नो पक्षमा पार्न अमेरिकाले हदैसम्मको प्रर्यत्न गर्न सक्छ, ताइवानमा युद्ध सुरु भए उसले तिब्बतविरुद्ध नेपालबाट बेग्लै अभियान चलाउन सक्छ, जसको खतरा प्रष्टै देखिन्छ ।”

परराष्ट्रविद् श्रेष्ठ चीनलाई चिढ्याउने गरी अमेरिकाले इण्डो प्यासिफिक एलाइन्समा नेपाललाई पार्न गरेको प्रर्यत्नलाई ध्यान दिनुपर्ने बताउँछन् । उनी नेपाल कुनै हालतमा एक नीतिबाट पछाडि फर्कन नहुने र चीनलाई भन्दा अमेरिकालाई प्राथमिकतामा पार्न नहुने पनि बताउँछन् ।

“हामीले युक्रेनको पक्ष लिएर असंलग्नताको नीति एक हदसम्म उल्लंघन गरिसकेका छौं, यदि अमेरिकाको पछि लागेर एक चीन नीतिविरुद्ध बोल्न थाल्यौं भने त्यो निकै आत्मघाती हुन्छ”, उनी भन्छन्, “अमेरिका युक्रेन र ताइवानलाई झैं नेपाललाई उस्काउन बेर लाग्दैन । नेपालको राजनीतिलाई प्रयोग गर्न बेर लाग्दैन ।”

पूर्व गभर्नर क्षेत्रीको प्रस्तावः दैनिक उपभोग्य वस्तुको भन्सार घटाऔं, करको  किस्ता तिर्ने म्याद पछि सारौं – BikashNews

युद्धको प्रभाव अर्थमा

दक्षिण एसिया चीन र ताइवानको ठूलो व्यापार हुने क्षेत्र हो । मूलतः खाद्य सामाग्रीदेखि धेरै उपभोग्य वस्तुमा चीनको ठूलो व्यापार हुने गर्दछ । ताइवान इलेक्ट्रोनिक सामाग्री विशेषगरी कम्प्युटर चिप्समा अगाडि छ । यदि युद्ध हुने अवस्था आएमा आयात र निर्यातको श्रृंखलामा ठूलो असन्तुलन आउन सक्छ ।

अर्थविद् दिपेन्द्र बहादुर क्षेत्री युद्ध भइहाले नेपालसँगै दक्षिण एसियाको बजारमा ठूलो प्रभाव पर्ने बताउँछन् । उनका अनुसार आयात निर्यातको सन्तुलन बिग्रँदा नेपालमा महँगी र अभाव सिर्जना हुनसक्छ ।

“मध्य युरोपको युक्रेनमा युद्ध हुँदा त हामीले ठूलो मूल्य चुकायौं भने छिमेकी देशमा युद्ध हुँदा असर नगर्ने कुरा भएन”, क्षेत्रीले भनेका छन्, “यदि युद्ध भइहाले चीन र ताइवान दुवै ठाउँबाट हुने आयातर निर्यातलाई प्रभाव पार्छ, दुवै मुलुक युद्ध तर्फ ध्यान दिने अवस्थामा आपुर्तीको श्रृंखला अवरुद्ध हुन जाँदा महँगी बढ्ने र अभाव हुने सम्भावना हुन्छ, नेपालसहित दक्षिण एसियामा त्यसको ठूलो असर देखिन्छ ।”

सम्बन्धित समाचार

युक्रेनपछि ताइवानमा युद्धको त्रास : चीनले खोल्ला त फायर ?

चीन र ताइवानबीच बढ्यो युद्धको सम्भावना, अहिलेसम्मकै ठूलो सैन्य अभ्यासमा देखियो चीन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको