back
CTIZAN AD

मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभाको तयारी पूरा

वि.सं.२०७९ साउन १९ बिहीवार

753 

shares

अमेरिका । मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारणसभा यहि सनिवार अगस्ट ६ का दिन टेक्सास राज्यको डलास शहरमा हुने भएको छ ।

मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पूर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी दिएका छन् ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका टेक्सास च्याप्टरको संयोजनमा सम्पन्न हुन लागेको हो ।

प्राय न्युयोर्क, न्युजर्शी र मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिबेशन र साधारणसभा गर्दै आएको भएता पनि इतिहासमा पहिलोपटक टेक्सास राज्यमा पाइला टेकेर अमेरिका भर ‘मगर संघ अमेरिका’ फैलिएको र अमेरिकाभर छरिएर रहेका मगरहरुको एकताको सन्देश दिन खोजिएको मगरले बताए ।

‘अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता – उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता’ भन्ने मुल नाराका साथ मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा सम्पन्न हुने भएको हो ।

No description available.

बिगत एकदशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको ‘मगर इमरजेन्सी फण्ड’लाई मुर्तरुप दिएर साधारणसभामा उद्घाटन गरिने भएको छ । यसबाट अबका दिनमा विभिन्न आपत बिपत्तको बेला मगर समुदायले सेवा पाउनेछन् ।

यसैगरी मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन, संस्थाप्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले पहिलोपटक तीन तहका उत्कृष्ट मगर बिद्यार्थीहरुलाई ‘मगर स्टुडेन्ट स्कलरसिप’प्रदान गर्न लागिएको र हरेक बर्ष निरन्तरता रहने जनाइएको छ ।

No description available.

नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य र City of Euless टेक्सास राज्यका काउन्सिल मेम्बर टीका पौडेलको विशेष अतिथिमा कार्यक्रमको समुदघाटन हुने जानकारी दिइएको छ ।

‘म मगर र मेरो मगर संघ’ भनी संस्थाप्रति सदैव उत्तरदायी रहेर काम गरिरहेका विभिन्न बिधामा पोख्त मगर बुद्धिजीवीहरुलाई टेक्सासको सुन्दर शहरमा डलासमा स्वागत गर्न पाउनु भनेको टेक्सास च्याप्टरको लागि गर्बको कुरा भएको मगर संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भुवन सिंह आले मगरले बताए ।

समुदघाटन समारोह, बन्दसत्र र सांस्कृतिक कार्यक्रम गरी तीन चरणको कार्यक्रमको रुपरेखा मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव दिप सागर बुढा मगरले सार्बजनिक गरेका छन् ।

वि.सं.२०७९ साउन १९ बिहीवार १५:४९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...