back
CTIZAN AD

चीन र ताइवानबीच बढ्यो युद्धको सम्भावना, अहिलेसम्मकै ठूलो सैन्य अभ्यासमा देखियो चीन

वि.सं.२०७९ साउन १९ बिहीवार

963 

shares

काठमाडौं । चीन र ताइवानबीच विवाद बढ्दै गएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीन उनी फर्कनेबित्तिकै थप आक्रामक देखिएको छ । चीनले ताइवानलाई घेरा हाल्न आफ्नो सिमाना घेराबन्दी सुरु गरेको छ । चिनियाँ सेनाले ताइवान वरपर सैन्य कारबाही सुरु गरेको समाचारहरु अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रशारण गरेका छन् ।

सञ्चार माध्यमका रिपोर्टहरु अनुसार चीनले ताइवान सीमामा युद्धअभ्यासका निम्ति युद्धपोत, लडाकु विमान र मिसाइलहरू तैनाथ गरेको छ। चिनियाँ जनमुक्ति सेनाले बिहीबारदेखि ताइवान टापुलाई चारै दिशाबाट घेरेर सैन्य अभ्यास गरेका छन् । बताइएअनुसार अहिले देखिएको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो हो ।

न्यान्सीको भ्रमणबाट आक्रोशित बन्यो चीन

चीनको विरोधका बाबजुद अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । २५ वर्षपछि अमेरिकाको तर्फबाट यो सबैभन्दा महत्वपूर्णं भ्रमण हो । यसअघि सन् १९९७ मा तत्कालीन सभामुख न्युट गिङरिच यहाँ आएका थिए ।

चेतावनीको बाबजुद पेलोसीको भ्रमण भएपछि स्तब्ध भएको चीनले आक्रामक रुपमा अभिव्यक्तिहरु दिइरहेको छ । जससँगै उसले ताइवानको सीमामा आफ्ना लडाकु विमानहरु उडाउन थालेको छ । पेलोसीले ताइवान छोड्नेबित्तिकै २७ चिनियाँ लडाकु विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए ।

के छ चीन र ताइवानबीचको विवाद ?

ताइवान दक्षिणपूर्वी चीनको तटबाट करिब १०० माइल टाढा रहेको टापु हो। ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ। यसको आफ्नै संविधान छ। ताइवानमा जनताद्वारा निर्वाचित पनि सरकार छ। उही समयमा, चीनको कम्युनिष्ट सरकारले ताइवानलाई आफ्नो देशको हिस्सा भएको दाबी गर्दछ। चीन यस टापुलाई फेरि आफ्नो नियन्त्रणमा लिन चाहन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान र चीनको पुनः एकीकरणको कडा वकालत गरिरहेका छन् । ऐतिहासिक रूपमा, ताइवान कुनै समय चीनको हिस्सा थियो।

सम्बन्धित समाचार

युक्रेनपछि ताइवानमा युद्धको त्रास : चीनले खोल्ला त फायर ?

वि.सं.२०७९ साउन १९ बिहीवार १२:४५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...