back
CTIZAN AD

अनलाइन मैत्री निर्देशिका जारी गर्न माग

वि.सं.२०७३ चैत १२ शनिवार

846 

shares

krantikari-pratakar-mahasang१२ चैत्र, काठमाडौँ । क्रान्तिकारी पत्रकार महासंघले अनलाइन मैत्री निर्देशिका जारी गर्न माग गरेको छ । नेपाल सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा सुशासन (व्यवस्थातथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको अनलाइन निर्देशिका मैत्री नभएको भन्दै महासंघले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

अध्यक्ष इन्द्र राउतद्वारा जारी उक्त वक्तव्यमा “प्रेससँग सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको विरोध र परिमार्जनका लागि दिएको सुझावलाई समेत लत्याएर ल्याएको निर्देशिकाको हाम्रो संगठन कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ,” भनिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने प्रतिगामी र निरंकुशचरित्रको निर्देशिका तत्काल खारेजी गर्न माग गरिएको छ ।
महासंघले छापा तथा इलेक्ट्रोनिक मिडियाहरुको तुलनामा विभेदकारी समेत रहेको निर्देशिका खारेज गरी प्रेससँग सम्बन्धित सरोकारवाला संघसंस्था, विज्ञहरुको सुझावमा आधारित रहेर अनलाइन मैत्री निर्देशिका जारी गर्न माग गर्दै संगठन नेपाल पत्रकार महासंघ, अनलाइन पत्रकार संघलगायत सरोकारवाला संघसंस्थाले उक्त निर्देशिका खारेजीको लागि चालेको कदमको स्वागत गर्दै ऐक्यबद्धता समेत जाहेर गरेको उल्लेख छ ।

वि.सं.२०७३ चैत १२ शनिवार १२:५५ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...