नगरपालिका र गाउ पालिकाको अधिकार पढे पछी हाँसो पो उठ्यो त् ? अमेरिका अस्ट्रलिया बेलायत जापान भारत कहाको संघीयता हो ? के देशको भौगोलिक रेखाको बिभाजन र नाम बदल्नु मात्र संघीयता हो र ?
संघीयतामा स्थानीय सरकारको काम कर्तब्य स्थानीय तहमै कार्यन्वयन हुनु हो सिफारिस गर्नु होइन अर्थात् नगर पालिका स्तर मै नागरिकता वितरण, लाइसेन्स वितरण राहदानी वितरण घर जग्गा प्रमाण पत्र, निर्माण अनुमति लगायत सबै प्रकारका कर भुक्तानी वा तिरो देखि सरकारी राहत अनुदान सहयोग ऋण सबै स्थानीय तहमा हुनु पर्छ सिफारिस होइन स्थानीय सरकार को, राज्य सरकार को र केन्द्रीय सरकारको अलग अलग काम र अधिकार प्रत्यायोजन हुनु पर्छ ।
आधुनिक प्रबिधि प्रयोग हुनु राष्ट्रिय परिचय पत्र को कुरो उठेको थियो वा व्यवस्था गर्ने हो भने यो सिफारिसको राणा कालिन प्रवृति परिबर्तन गरेर नागरिकलाई स्थानीय तहमै सेवा सुबिधा अझै नदिने हो भने किन चाहियो त् हौ संघीयता ? के हो त् स्थानीय सरकार को अधिकार फेरी ?
(फेसबुकबाट साभार)