युएई – नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोईरालाको सातौ स्मृति दिवश युएईमा मनाईएको छ । नेपाली जनसम्पर्क समिति युएईले एक कार्यक्रम गरी कोईरालाको सातौ स्मृति दिवश मनाएको हो । कार्यक्रममा पार्टी सभापति देखि प्रधानमन्त्रि बनेका कोईरालाले देश र जनताको लागि पुर्याएको योगदान बारे स्मरण गरिएको थियो ।
नेपालको लागि गिरीजाले धेरै कामहरु गर्नु भएको छ नेपाली जन सम्पर्क समिति युएईका कार्यबहाक सभापति ख्याम राज बस्नेतले भने त्यसैले अहिले पनि नेपाली कांग्रेसमा गिरिजाको खाचो परिरहेको छ । कार्यक्रममा गिरजाको सम्झनामा मौन धारणा गरी फोटोमा माल्याणपर्ण गरिएको थियो। कार्यक्रममा युएईका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।