back
CTIZAN AD

संसदमा एमालेको प्रश्न : ताइवान मामिलामा सरकारको ‘पोजिसन’ के हो ?

वि.सं.२०७९ साउन २२ आइतवार

735 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ताइवान मामिलामा धारणा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ । एमालेले ‘एक चीन नीति’को पक्षमा दृढतापूर्वक उभिन माग गरेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ताइवान मामिलामा सरकारले धारणा स्पष्ट गर्नुपर्ने माग गरेका हुन् । उनले अन्य शक्तिको लहैलहैमा लागेर छिमेकीका संवेदनशीलतामाथि खेलबाड गर्न नसक्ने बताए ।

“ताइवानमा जे घटना भइरहेको छ ती, गम्भीर छन्, सरकारले सधैं अबलम्बन गरेको ‘एक चीन नीति’को पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्छौं, हाम्रो छिमेकीका संवेदनशीलतामाथि खेलबाड गर्न सक्दैनौँ”, उनले भनेका छन्, “ हामी विश्वशक्तिको लहैलहैमा हामी जान सक्दैनौँ, तिब्बत भनौँ, हङकङ भनौँ या ताइवान चीनका अभिन्न अंग हुन, यी आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्ने सरकारको पोजिसन तत्काल सार्वजनिक गर्न माग गर्छु ।”

नेपाल मजदुर किसान पार्टीले पनि ताइवान विवादमा नेपाल बोल्नुपर्ने माग गरेको छ । आइतबारको संसद बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्नुपर्ने बताए । अमेरिकाको शैलीले युद्धसमेत निम्त्याउन सक्ने भएकाले त्यस्ता गतिविधिको विरोध गर्नुपर्ने उनको भनाई छ ।

अहिले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण पछि चीन र अमेरिकाबीच विवाद चर्केको छ । अहिले चीन र अमेरिकाको समर्थनमा रहेको ताइवानबीच युद्ध हुने त्रास बढेको छ ।

युक्रेन युद्धमा पश्चिमाको पक्षमा उभिएको सरकारले ताइवान विवादमा भने बोलेको छैन । एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए पनि ताइवान मामिलामा सरकारले मौनता देखाएको छ । नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति नै निकालेर बोलिदिन आग्रह गर्दा पनि सरकारले धारणा सार्वजनिक गरेको छैन ।

वि.सं.२०७९ साउन २२ आइतवार १४:४२ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...