विजय थापा, न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रतियुशा बोहराले चुमेकी छन् ।
१४ जना प्रतिस्प्रधिहरुलाई पछि पार्दै बोहोराले मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि जित्न सपल भएकी हुन् ।
त्यस्तै प्रथम बिजेता आन्या थापा तथा द्वितीय बिजेता दिव्या पन्त बनेका छन् ।
यसको साथै प्रतिभावानमा दिव्या पन्त, लोकप्रियमा प्रतियुशा बोहरा, फोटोजेनिकमा रजिना कार्की, मुस्कानमा रजिना कार्की, उत्कृष्ट पोशाकमा शिला बस्नेत, व्यक्तित्वमा छिरिग शेर्पा, व्यक्तित्वमा रिया बराल छालामा आन्या थापा, उदाउदो तारामा जानकी राई, मित्रतामा बिष्णु मिस्रा, परम्परा र उत्कृष्ट शारीरिक वनावटमा शिवालिका भण्डारी, उत्कृष्ट कपालमा स्वस्तिका भण्डारी, मिलनशारमा सरोज तामाङ तथा उत्कृष्ट हिँडाई बिष्णु मिश्रा बिजयी भएका छन् ।
अगस्त १ देखि ५ अगस्तसम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ६ का शनिवार समापन समारोहमा विजेताहरुको घोषणा गरिएको थियो ।
१४ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागि थिए ।
पहिलो चरणमा १४ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्चात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० मध्ये अन्तिम चरणमा ५ जना पुगेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
१४ जना प्रतियोगीहरुमा आन्या थापा कोलोराडो, बिष्णु मिश्रा ओहायो, दिया पन्त पेनसेलभेनिया, मिङ्ग्मा शेर्पा न्युयोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल क्यान्सस, सारा कार्की टेक्सस, सरोज तामाङ्ग मिसिगन, शिला बस्नेत सान फ्रान्सिस्को, शिभालिका भण्डारी टेक्सस, प्रतियुषा बोहरा टेक्सस, स्वस्तिका लयालु टेक्सस, छिरिंग शेर्पा तथा जानकी राई न्यूयोर्क रहेका छन् ।

उक्त कार्यक्रममा मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिईन । उन्ले यस बर्ष सहित चौथो पटक कोरियोग्राफरको जिम्मेवारी पाएकी हुन् । साथै नायिका स्वस्तिमा खड्का निर्णायक मध्येकै एक रहेकी थिईन् ।
निशा पाठक तथा साहना बज्राचार्य प्रस्तोता रहेको उक्त प्रतियोगितताको नारा ‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै’ भन्ने रहेको थियो ।
१२ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।
मिस नेपाल नर्थ अमेरिका २०२२ का आधिकारिक फोटोग्राफर नाम्लो ईभेन्ट्स रहेको थियो भने बिक्रान्त श्रेष्ठ संचालक हुन् । उनले प्रतियोगिता अगाडी देखि सबै प्रतियोगीहरुको तस्विरहरु खिचेका थिए ।
मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियंका रानी जोशी विशेष अतिथिको रुपमा रहेकी थिइन् ।
वि.सं.२०७९ साउन २२ आइतवार १५:३५ मा प्रकाशित





























