back
CTIZAN AD

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार प्रदान

वि.सं.२०७९ साउन २२ आइतवार

690 

shares

दीपा राई पुन । विश्व भुटानी सहित्य संगठनले स्थापन गरेको छ लाख नेपाली रुपैया नगद राशीको ’स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ ।

जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५ कार्यक्रम उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रमुख अतिथि सिक्किमको पूर्वमुख्यमन्त्री तथा कवि पवन चाम्लिङ विशेष अतिथि डा गोविन्दराज भट्टराईको हातबाट संस्थाको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, वर्तमान अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो अन्तरेको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो ।

भारतको असम, गुवाहाटीमा नै रहेका क्षेत्रीको पुरस्कार कवियत्री दीपा राई पुनले ग्रहण गरेकी थिइन् ।

यो पुरस्कारको राशी हरेक अनुष्ठानमा बढाउदै लगिने जानकारी संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले बताएका छन् । अर्को अनुष्ठान–६ बाट अन्य बिधामा पनि पुरस्कार राखिने कुरा विशेष महत्वको साथ बताए ।

विश्व भुटानी सहित्य सगठनमार्फत स्थापित स्वीकारोक्ति फाउन्डेशन जीवनका जस्तोसुकै आरोह अवरोहलाई स्वीकार गर्दै अघि बढ्ने जीवन दर्शनलाई आत्मसाथ गर्दै स्थापित उक्त पुरस्कार अहिलेसम्मको नेपाली राशीको सबैभन्दा ठुलो पुरस्कार हो !

बसाइँ,ब्रम्हपुत्रको छेउछाउ,अतृप्तजस्ता ओजनदार कृतिका कृतिकार क्षेत्री असममा बसेर आजीवन नेपाली साहित्यका क्षेत्रमा योगदान गर्ने साहित्यकार हुन् । यो पुरस्कार नेपाली साहित्य क्षेत्रमा अनवरत सेवा गर्ने ब्यक्तित्वलाई प्रदान गरिने फाउन्डेशनले बताएको छ ।

 

वि.सं.२०७९ साउन २२ आइतवार १५:५३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...