back
CTIZAN AD

महानगर प्रमुख बालेनको २४ घण्टे आदेशलाई नर्भिक अस्पतालले दियो यस्तो जवाफ

वि.सं.२०७९ साउन २४ मंगलवार

831 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता मिचेर बनाइएको संरचना भत्काउन आदेश दिएपछि नर्भिकले तत्काल भत्काउन नसक्ने जवाफ दिएको छ ।

सोमबार २४ घण्टे अल्टिमेटमसहित काठमाडौं महानगरले नर्भिकले सरकारी सम्झौता विपरीत बनाएका संरचना भत्काउन पत्र काटेपछि मंगलबार पत्रकार सम्मेलन गर्दै सम्झौता गरेर जग्गा लिएकोले संरचना भत्काउन नसक्ने जवाफ दिएको हो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गर्दै मेयर बालेन्द्र साहलाई लिखित रुपमा पत्र पठाएको उनले पत्रकार सम्मेलनमा बताए ।
‘हामीले त्यो जग्गा हाम्रो भनेका पनि छैनौं । आजकोे आजै भत्काउनु भनेर कसरी हुन्छ ? मेरो अस्पतालमा अहिले भर्ना भएका बिरामीको के हाल हुन्छ ?’ मिश्रले पत्रकार सम्मेलनमा भने, ‘हाललाई भत्काउन सकिँदैन भनेर मैले मेयरलाई प्रष्ट भनेको छु । उहाँको जवाफ अहिलेसम्म आएको छैन् ।’

मीश्रले उक्त जग्गा ३० वर्ष अघि तत्कालीन सरकारको तर्फबाट भूमि सुधारका अधिकारीले हस्ताक्षर गरेको समेत दावी गरेका छन् ।

नर्भिक अस्पताललाई बालेनको २४ घण्टे कडा आदेश

वि.सं.२०७९ साउन २४ मंगलवार १२:५३ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...