back
CTIZAN AD

अब ७० अंक ल्याए ट्रायल पास, तुरुन्तै लाइसेन्स

वि.सं.२०७९ साउन २४ मंगलवार

969 

shares

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास हुने प्रावधान सबै प्रदेशमा लागु हुने भएको छ । सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सातै प्रदेशका यातायातमन्त्रीहरुको बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ लागू गर्ने निर्णय गरेको हो ।

हाल ७० अंक ल्याएर पास हुने व्यवस्था गण्डकी प्रदेशमा लागू भइसकेको छ। तर, अरु प्रदेशले विभिन्न बहाना देखाउँदै सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ लागू गर्न मानेका थिएनन्।

सामान्य गल्तीमा फेल भएर सेवाग्राही विचौलियाको चङ्गुलमा फसेको भन्दै यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ बनाएको थियो ।

संघ तथा प्रदेशका मन्त्रीहरुको बैठकले प्रदेश स्तरका यातायात कार्यालयहरूलाई लाइसेन्स छपाइ मेसिन दिने र कार्यालयहरू आफैँले छापेर वितरण गर्ने निर्णयसमेत गरेको छ । परीक्षणकालीन लाइसेन्सको हकमा सवारीचालक परीक्षा गर्ने सबै कार्यालयहरूले राजस्व बुझाएकै दिन परीक्षणकालीन लाइसेन्स जारी गरी वितरण गर्नुपर्ने पनि बैठकले गरेको छ ।

सामान्य गल्तीले ट्रायल फेल नहुने

नयाँ निर्देशकामा घुमाउरो आठको अंकभार २० कायम गरिएको छ । जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ तर, परीक्षार्थी फेल नहुने निर्देशिकामा उल्लेख छ। यस्तै, घुमाउरो आठमा एक पटकभन्दा बढी पटक रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ।

दोस्रो चरणको साँघुरो फलेकको अंकभार १० कायम गरिएको छ । यो चरणमा खुट्टाले भुइँमा टेकेमा र फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाहिर निस्केमा परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।

त्यस्तै, यु–टर्नको अंकभार १० रहेको छ। टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ।

चौथो चरणको, ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ। ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ।

त्यस्तै, पाचौँ चरणमा रहेको बम्पसको अर्थात् स्पिड ब्रेकरको अंकभार १५ रहेको छ। स्पिड ब्रेकरमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ। स्पिड ब्रेकरमा एक पटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ।

त्यस्तै, छैटौँ चरणमा रहेको र्‍याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ। उकालोमा कुनै गल्ती भए फेल हुनेछ। उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ। रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ।

त्यस्तै, अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूमा सामान्य निरीक्षण नगरे ३, हेल्मेटको लक नलगाई सवारी चलाए ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाए ३ नम्बर घट्नेछ ।

विभागले बी क्याटगोरीका लागि पनि सातवटा चरण बनाएको छ । पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । यसमा दुई पटकसम्म अंकित रेखा छोएमा ५/५ अंक काटिनेछ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १७:४९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...