back
CTIZAN AD

इण्डियाबाट श्रीमान घर पुगेकै दिन दुई छोराछोरीसहित आत्महत्या गरिन् गीताले !

वि.सं.२०७९ साउन २५ बुधवार

810 

shares

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सोहि वडाका वडा अध्यक्ष हरिश बहादुर सिंहका अनुसार रारुका २२ वर्षीय गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षे छोरा घर नजिकै १०० मिटर परको मकैबारीमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेका हुन् ।

राति राम्रै खाना खाएर सुतेका उनीहरु बिहान ६ बजे मकैबारीमा झुण्डिएको अवस्थामा छिमेकीले मृत फेला पारेको सिंहले जानकारी दिए ।

‘ भारतमा मजदुरी गर्न गएका गीताका श्रीमान पुस्कर पार्की हिँजो नै भारतबाट फर्किएका रहेछन् । गाडीबाट झरेर ४ घण्टा हिँडेर घर पुगेका उनी सबैले राम्रैसँग खाना खाएर सुतेको बताएका छन्,’ वडा अध्यक्ष सिंहले संसारन्युजसँग भने, ‘इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका ३० वर्षी पुष्करले आफुले केही थाहा नपाएको बयान दिएका छन् ।’

आर्थिक अवस्था कमजोर रहेको गीताको परिवारमा बिहान काम गरेर साझको लागि जोहो गर्ने स्थिति रहेको सिंहले बताए । ‘छिमेकीले पनि सो दिन उक्त परिवारमा झै–झगडा भएको थाहा नपाएको बताएका छन् । के भएको थियो भन्ने अनुसन्धानपछि नै थाहा होला ।’

जिल्ला प्रहरी कार्यालय बझाङले प्रहरी निरीक्षक रमेश अवस्थीको टोली घटनास्थलतर्फ गएको जनाएको छ भने इलाका प्रहरी कर्यालय बुंङ्गलको टोलीले घटनाको अनुसन्धान गरिरहेको पनि सिंहले जानकारी दिएका छन् ।

वि.सं.२०७९ साउन २५ बुधवार १५:५९ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...