back
CTIZAN AD

२०५७ अंकमा झर्‍यो नेप्से

वि.सं.२०७९ साउन २५ बुधवार

816 

shares

काठमाडौं । साताको चौथो दिन पनि नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ५.९१ अंकले घटेर २०५७ बिन्दुमा झरेको छ ।

बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ९३ करोडमा खुम्चिएको छ ।

बुधबार १३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहको परिसूचक ०.६९ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.५० प्रतिशत बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।

बैंकिङ ५, विकास बैंक ७, फाइनान्स १६, होटल तथा पर्यटन ११, जलविद्युत् १२, जीवन बीमा ९, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा १५, अन्य ६ र व्यापार उपसमूह ३१ अंक घटे । उत्पादन उपसमूह भने २७ अंक बढ्यो । कुल ५६ कम्पनीको मूल्य बढ्यो भने ११९ घट्यो, ७ को स्थिर रह्यो ।

बुधबार हिमालयन हाइड्रोपावरको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनिलिभर नेपालको ४.३ प्रतिशत बढ्यो । हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य भने १० प्रतिशत नै घट्यो ।

वि.सं.२०७९ साउन २५ बुधवार १६:०५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...