back
CTIZAN AD

सिट बाँडफाँटमा किचलो : कांग्रेसले अडान नछाडेपछि माओवादीको नयाँ प्रस्ताव

वि.सं.२०७९ साउन २६ बिहीवार

840 

shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा भने किचलो देखिएको छ । दलहरुले पूर्ववत् अडान नछाडेपछि बिहीबार बसेको बैठक बिना निष्कर्ष टुंगीएको छ । लामो तयारी पछि बसेको बैठक पनि छिट्टै टुंगीएको थियो ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएअनुसार अर्को बैठक साउन ३० मा बस्नेछ । उनका अनुसार बिहीबार बसेको बैठकमा सिट बाँडफाँटको विभिन्न मोडालिटीबारे छलफल भएको थियो । बैठकमा सबै दलले सिट बाँडफाँटका लागि पार्टीका आधारहरु प्रस्तुत गरेका थिए ।

कांग्रेसले अडान नछाडेपछि माओवादीको नयाँ प्रस्ताव

कांग्रेसले सुरुवातदेखि नै न्यूनतम ६०/४०को अनुपातमा सिट बाँडफाँट हुनुपर्ने प्रस्ताव सत्ता साझेदारसँग राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये आफुँले कम्तिमा ९९ सिट पाउनुपर्ने अडान कांग्रेसको छ । तर, दलहरुले कांग्रेसको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।

सिट बाँडफाँटको आधार ५०/५० हुनसक्ने प्रस्ताव राख्दै आएको माओवादी केन्द्रले पनि कांग्रेसले अडान नछाडेपछि ६० सिट आफुँलाई दिएर बाँकीमा कांग्रेसले भागवण्डा गर्न सुझाब दिएको छ ।

२०७४ को निर्वाचनमा आफ्नो पार्टीले ५९ सिटमा उम्मेदवार उठाएको र ३६ सिटमा जितेको भन्दै ६० सिट पाउनुपर्ने प्रस्ताव माओवादीको छ ।

“अघिल्लो चुनावमा हामीले ५९ सिटमा उम्मेदवार उठाएका थियौं, जहाँ हामीले ३६ सिट जित्यौं”, माओवादीका एक स्थायी समिति सदस्यले भने, “यसपटक न्यूनतम ६० सिटमा उठाउनु पर्छ । हाम्रो सिधा प्रस्ताव हामीलाई ६० सिट दिएर १०५ मा कांग्रेसले मिलाओस् भन्ने छ ।”

१६५ मध्ये कांग्रेसले ९९ र माओवादी केन्द्रले ६० को अडान राखेसँगै बिहीबारको बैठक अनिर्णित भएको थियो ।

वि.सं.२०७९ साउन २६ बिहीवार १७:४३ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...