back
CTIZAN AD

किन घाटामा गयो नेपाल लाइफ इन्स्योरेन्स ?

वि.सं.२०७९ साउन २७ शुक्रवार

1.4K 

shares

काठमाडौं । विमा कम्पनीहरुमध्ये व्यवसायीक रुपमा सबैभन्दा अगाडि देखिएको नेपाल लाइफ इन्स्योरेन्स घाटामा गएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३ करोड बढी नाफा कमाएको नेपाल लाइफ इन्स्योरेन्स गत आर्थिक वर्ष २०७८/७९ मा ३५ करोड घाटामा गएको हो ।

इन्स्योरेन्सले प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्था गत आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँ घाटामा देखिएको छ । अनौठो गरि देखिएको घाटा र सेयर बजारमा देखिएको कम्पनीको खराब प्रदर्शनीले लगानीकर्तालाई निकै निराश बनाएको छ।

८ अर्ब २० करोड चुक्ता पुँजी रहेको नेपाल लाइफको बोनस सेयर वितरण गर्दै गएको कारण रिजर्भ सकिँदै गएको छ । वित्तिय विवरणअनुसार अघिल्लो वर्ष ७१ करोड रिजर्भमा रहेकोमा यो वर्ष २८ करोडमात्र रहेको छ ।

यद्यपी, चुक्ता पुँजी, बीमाशुल्क आर्जन तथा बीमा कोषको आधारमा नेपाल लाइफ पहिलो स्थानमा रहेको कम्पनी हो ।

नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ छ । गत आर्थिक वर्षमा नेपाल लाइफले ३४ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

वि.सं.२०७९ साउन २७ शुक्रवार १५:१७ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...